म्याग्दीमा संघीयको ९४ र प्रदेशको ७६ प्रतिशत बजेट खर्च

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । आर्थिक वर्ष २०८१÷०८२ मा म्याग्दीमा रहेका संघीय कार्यालयहरुको करिब ९४ र प्रदेश कार्यालयको करिब ७६ प्रतिशत बजेट खर्च भएको छ । चालु आर्थिक वर्षको भुक्तानी हुने अन्तिम दिन असार २५ गते बुधबार राती १२ बजेसम्म संघीय र प्रदेश सरकार मातहतका कार्यालयहरुले राज्य कोषबाट उक्त बजेट खर्च गरेका हुन् ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख किरनचन्द्र सुवेदीले संघीय कार्यालयहरुतर्फ स्थानीय तहलाई दिने अनुदान सहित रु. तीन अर्ब ८८ करोड २१ लख ६५ हजार आठ सय ८६ मध्य रु. तीन करोड ६४ लाख ७१ हजार आठ सय ५७ अथवा ९३.९७ प्रतिशत खर्च भएको जानकारी दिनुभयो ।

संघीयको चालुतर्फ रु. तीन अर्ब ४४ करोड ४९ लाख ८९ हजार आठ सय ८६ बिनियोजन भएकोमा ९४ दशमलब ६७ प्रतिशत अथवा रु. तीन अर्ब २६ करोड १६ लाख दुई हजार नौ सय १४ खर्च भएको छ ।

Shreekrishna
म्याग्दी बहुमुखी क्याम्पसको सूचना

पुँजिगत तर्फ रु. ४३ करोड ७१ लख ७६ हजार मध्य ८८ दशमलब ४२ प्रतिशत अथवा रु. ३८ करोड ६५ लाख ६८ हजार नौ सय ४३ खर्च भएको छ । प्रदेशको पुजिगततर्फ रु. ८५ करोड १६ लाख ७३ हजार बिनियोजन भएकोमा ७६ दशमलब २२ प्रतिशत अथवा रु. ६४ करोड ९९ लाख ६३ हजार ४६ खर्च भएको छ ।

चालुतर्फ रु. ४८ करोड ९९ लाख ९२ हजार दुई सय ३५ बिनियोजन भएकोमा ७५ दशमलब ४१ अथवा रु. ३६ लाख ९५ हजार २६ हजार नौ सय ६९ खर्च भएको छ । चालु शिर्षकको बजेट संघीय र प्रदेश सरकारले स्थानीय तहलाई दिने अनुदान, कार्यालय सञ्चालन, तलबभत्तामा खर्च हुने गर्छ ।

पुजिगत बजेट विकास योजना तथा कार्यक्रमका लागि खर्च हुने गर्छ । यसअघिको बर्षको तुलनामा म्याग्दीमा यसपाली पुजिगत बजेट खर्चमा सुधार आएको छ । यसैगरी गत आर्थिक वर्षमा म्याग्दीका कार्यालयहरुबाट रु. नौ करोड ७८ लाख ६१ हजार सात सय ९२ दशमलब ३८ राजस्व संकलन भएको छ ।

संघीय कार्यालयहरुबाट रु. छ करोड ६९ हजार नौ सय ८९ दशमलब १४ र प्रदेश कार्यालयहरुबाट रु. तीन करोड ७७ लाख ९१ ह्जार आठ सय तीन दशमलब २४ राजस्व संकलन भएको कोष तथा लेखा नियन्त्रक सुवेदीले बताउनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...