म्याग्दीको मालिकामा पहिरोले पुरिएर बेपत्ता बालक मृत भेटिए

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, म्याग्दीको मालिका गाउँपालिकास्थित लुप्सीपारमा पहिरोमा पुरिएर बेपत्ता भएका एक बालकको शव फेला परेको छ ।

मालिका गाउँपालिका–३ रुप्सीपारमा पहिरोमा पुरिएका अन्दाजी १३ वर्षका सरोज विकको शव फेला परेको हो ।

बुधबार घाँसदाउरा गएका बेला उनका बुबा ३५ वर्षीय जगेन्द्र विकको समेत पहिरोले पुरेर मृत्यु भएको थियो भने बालक बेपत्ता थिए ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

शसस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म म्याग्दी र नेपाल प्रहरीको संयुक्त टोलीले बिहीबार दिउँसो १:२५ बजेतिर बेपत्ता सरोजको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी एवं इन्स्पेक्टर सागर पौडेलले जानकारी दिए ।

बुधबारको पहिरोले स्थानीय कुलबहादुर बुढाको गोठ बगाउँदा एक हल गोरु समेत बगाएको थियो ।

मंगलबार रातिदेखिको वर्षाले पहिरो खसेको सूचना अधिकारी एवं इन्स्पेक्टर पौडेलले बताए । मनसुन सक्रिय भएसँगै जिल्लामा बाढी पहिरोका घटना बढेको प्रहरीले जनाएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...