म्याग्दीका पर्यटकीय स्थल सुनसान

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

सुरेन गुरुङ
शिख, ः म्याग्दीका पर्यटकीय स्थलहरु सुनसान भएका छन् ।

घोडेपानी, पुनहिल, मोहरेडाडा, खोप्रा, टोड्के, अन्नपूर्ण आधार शिविर, सिंगा र भुरुङ्ग तातोपानी कुण्ड, रुप्से, नारच्याङ झरनामा बर्खायामको सुरुवातसँगै घुम्न आउने पर्यटक घटेका हुन् । अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मिना पुनले प्रतिकुल मौसमका कारण पर्यटक आगमन घटेको बताउनुभयो ।

विश्वप्रशिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तब्य घोडेपानीमा रहेका दैनिक एक हजार जना क्षमताका २५ वटा सुविधायुक्त होटलहरु हिजोआज सुनसान रहेका उहाँले बताउनुभयो ।

Shreekrishna

“जेठ देखि भदौ महिनासम्म झरी लाग्ने, सडक तथा पदमार्ग अवरुद्ध हुने हुँदा पर्यटन व्यवसायको हिसाबले अफसिजन मानिन्छ,” पुनले भन्नुभयो “पहाडी क्षेत्रमा बादल लागेर हिमाल छोपिने हुँदा पर्यटक आगमन नभएको हो ।”

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

बेनी–जोमसोम सडक भएर मुस्ताङ जाने आउने पर्यटकहरुका लागि थकान मेटाउने थलोका रुपमा रहेको अन्नपूर्ण गाउँपालिका–२ स्थित भुरुङ तातोपानी र प्राकृतिक उपचार स्थलको रुपमा रहेको बेनपा–४ स्थित सिंगा तातोपानी कुण्ड पनि सुनसान बनेको छ ।

सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका पूर्व अध्यक्ष विरेन्द्रमान शाक्यले याममा दैनिक एक हजार जनाको हाराहारीमा स्नान गर्ने तातोपानी कुण्डमा हाल स्नान गर्न आउनेहरुको संख्या दैनिक ५० जना पनि नपुग्ने गरेको बताउनुभयो ।

म्याग्दीमा पदयात्रा, हिमाल आरोहण, हिमशृङखला, सुर्योदय, झरना, गल्छी, ग्रामिण जनजिवन र विभिन्न जातजातीको संस्कृतीको अवलोकनका लागि पर्यटक आउने गर्छन् । असोज, कात्तिक, फागुन, चैत र बैशाख महिना पर्यटक याम मानिन्छ ।

जेठ, असार, साउन र भदौ महिना पर्यटक आगमन शून्य जस्तै हुने गरेको छ । होटल तथा पर्यटन व्यवसायीहरु फुर्सदिला भएका छन् । पदमार्गमा चहलपहल छैन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार म्याग्दीमा वार्षिक ३० हजार जनाको हाराहारीमा विदेशी पर्यटक आउने गरेका छन् ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...