
बेनी । डिभिजन वन कार्यालय म्याग्दीले कृषकहरुलाई घाँसका बिरुवा वितरण गर्न शुरु गरेको छ ।
पशुपालक कृषकहरुलाई लक्षित गरेर बेनी स्थित कार्यालयको नर्सरीमा उत्पादन भएको २० हजार बिरुवा शुक्रबारदेखि वितरण भएको हो । राइखन्यु, निमारो, किम्बु प्रजातिका बिरुवा निशूल्क वितरण गरिने वन अधिकृत बिनयबहादुर अधिकारी क्षेत्रीले बताउनुभयो ।

पशुका लागि आहरा आपुर्ति सहज बनाउन र पशुपालनको लागत घटाउन घाँस खेतीमा जोड दिइएको हो । आठ हजार राईखन्यु, आठ हजार निमारो, छ सय किम्बु, एक हजार पाँच सय टिमुर, चार सय श्रिखण्डका बिरुवा उत्पादन भएका छन् ।

एक जनालाई अधिकतम एक सय वटाका दरले विरुवा उपलब्ध गराइने र एक सय भन्दा बढी विरुवा लैजानेले नागरिकता र जग्गाधनी प्रमाणपुर्जा पेश गर्नुपर्ने वन अधिकृत क्षेत्रीले बताउनुभयो । घाँसका बिरुवा लिनका लागि ग्रामिण क्षेत्रबाट कृषकहरु वन कार्यालयको नर्सरीमा आएका छन् ।
