“हाम्रो पुस्ताका लागि शुर्य केवल एउटा तातो गोला होइन, त्यो एउटा अर्धखुला किताब हो ।”

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

हामीले बाल्यकालदेखि शुर्यलाई जीवनदाताको रूपमा चिन्दै आएका छौं । हरेक बिहान झुल्कने घाम हाम्रो दिनचर्या सुरु गर्ने संकेत हुन्छ । तर हामीले देख्ने त्यो उज्यालो सतह शुर्यको बाहिरी पाटो मात्र हो । वास्तवमा, शुर्य निकै गहिरो र जटिल प्रयोगशाला हो, जसको पूर्ण अध्ययन हामिले अझैसम्म पनि गर्न सकेका छैनौं । आजको आधुनिक विज्ञानले अन्तरिक्षका धेरै रहस्य खोलिसकेको भए पनि शुर्य भने अझै पनि धेरै हदसम्म अपूरो रूपमा बुझिएको खगोलीय शरीर हो । वैज्ञानिकहरूले प्रयोगशालामा बिग–डाटा, कम्प्युटर सिमुलेशन र अन्तरिक्ष यानहरूमार्फत यो रहस्य खोल्न प्रयास गरिरहेका छन् । तर केही प्रश्नहरू छन्, जुन अझै जवाफको पर्खाइमा छन् ।
उदाहरणका लागि, शुर्यको सतहको तापक्रम लगभग ६,००० केल्भिन भए पनि त्यसको बाहिरी वायुमण्डल (कोरोना) लाखौँ डिग्री सेल्सियससम्म तातो हुन्छ । सतहभन्दा बाहिरी तह कसरी अझै तातो हुन सक्छ भन्ने कुरा विज्ञानको नजरमा अझै रहस्यकै रूपमा छ । यसैगरी, शुर्यले आफ्नो चुम्बकीय ध्रुवहरू हरेक ११ वर्षमा उल्ट्याउँछ, जुन हामीले ‘शौर्य चक्र’को रूपमा बुझ्छौं । तर किन, कसरी र कुन नियमले त्यो चुम्बकीय क्षेत्र निर्माण हुन्छ भन्ने कुरा अझै पूर्ण रूपमा स्पष्ट छैन । शौर्य चुम्बकिय क्षेत्रको जटिलता यति गहिरो छ कि यसले बेलाबेलामा शुर्यमा विस्फोट पनि गराउँछ । यसलाइ बैज्ञानिक भाषामा ‘सोलार फ्लेयर’ वा ‘कोरोनल मास इजेक्सन’ भनिन्छ । यी विस्फोटहरूले शुर्यबाट अत्यधिक ऊर्जावान कणहरू अन्तरिक्षमा फ्याँक्छ, जुन कहिलेकाहीँ पृथ्वीसम्म आइपुग्छन ।
शुर्यको यस्ता विस्फोटले पृथ्वीमा प्रत्यक्ष प्रभाव पार्छन् । उदाहररणका लागी सन् १९८९ मा क्यानडाको क्यूबेक प्रान्तमा एउटा यस्तो शौर्य आधीँ आएको थियो, जसले गर्दा ९ घण्टासम्म पूरै क्षेत्र अन्धकारमा डुबेको थियो । यस्ता घटनाले आधुनिक प्रविधिमा निर्भर हाम्रो समाजमा भयानक असर पार्न सक्छ । जिपिएस सेवा, इन्टरनेट, बिजुली, हवाई संचार, सेटालाइट सिस्टम सबै तहसनहस हुनसक्छन् ।
जस्तै उदाहरणका लागि फेब्रुअरी २०२२ मा इलोन मस्कको कम्पनि स्पेस एक्स ले आफ्नो स्टारलिङ्क स्याटेलाइटहरूमा ठूलो क्षति बेहोर्नुप¥यो । त्यो समयमा ४९ वटा स्याटेलाइटहरूको समूह पृथ्वीको कक्षमा पठाइएको थियो । तर, केही दिनमै एउटा भू–चुम्बकीय आँधीका कारण तीमध्ये ३८ वटा स्याटेलाइटहरू नष्ट भए । वैज्ञानिकहरू अहिले पनि शौर्य घटना कहिले, कति शक्तिशाली रूपमा पृथ्वीमा आइपुग्छ भनेर भविष्यवाणी गर्न प्रयासरत छन । तर यो अन्तरिक्ष मौसम पृथ्वीको मौसमजस्तो पुर्वानुमान गर्न सजिलो छैन ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

शुर्यको प्रभाव केवल प्रविधिमा मात्रै होइन, पृथ्वीको वातावरण र हाम्रो शरीरमा समेत पर्छ । लामो अवधिमा, सौर्य गतिविधिको चक्रले पृथ्वीको तापक्रम, मौसमी प्रणाली, र बर्षाको चक्रमा प्रभाव पार्नसक्छ । उदाहरणका लागि, सन् १६४५ देखि १७१५ सम्मको ‘मौन्डर मिनिमम’ अबधिमा शौर्यदाग (सनस्पट) हराएका थिए, जुन समयमा युरोप र उत्तर अमेरिका अत्यधिक चिसोमा डुबेका थिए । अहिले पछिल्लो समय शौर्य गतिबिधिहरुलाइ प्रमुख कारण मानेर गरिएका अनुसन्धानहरुले अन्तरिक्ष यात्री र उच्च उचाइमा यात्रा गर्ने पाइलटहरू शौर्य विकिरणबाट प्रभावित हुने देखाउछ । केही अनुसन्धानहरूले सौर्य गतिविधिहरू र मानसिक स्वास्थ्यबीच पनि सम्बन्ध देखाएका छन् । त्यसैले, शुर्यसम्बन्धी अनुसन्धान बिश्वजगतका लागी महत्वपुर्ण छ ।
आजका दिनमा अन्तरिक्ष यानहरू, जस्तै नासा को पार्कर सोलार प्रोव र इसा को सोलार अर्बिटर, शुर्यको धेरै नजिक पुगेर तातो वातावरण मापन गर्दै छन् । म स्वयंले पनि यिनै यानबाट प्राप्त डेटा प्रयोग गरेर शुर्यको प्लाज्मा गतिशीलता, चुम्बकीय तरंगहरू र सौर्य आँधीको विश्लेषण गर्ने काम गर्दै आएको छु । शुर्य सम्बन्धी अध्ययन गर्न कुनै अन्तरिक्ष प्रयोगशालाको जरुरी छैन; जुनसुकै देशको मान्छेहरुले पनि इन्टरनेट र खुला डेटा प्रयोग गरेर शुर्यको गतिविधिमा अध्ययन गर्न सक्छन । मैले नेपालमा रहँदा सुरु गरेको अनुसन्धान आज दर्जनौ अन्तर्राष्ट्रिय संस्थासँग सहकार्यमा अगाडी बढिरहेको छ । कैयन रिसर्च आर्टिकलहरु प्रख्यात जर्नलहरुमा प्रकाशित छन । अहिले त यस्तो टेक्नोलोजीको जमना छ, एउटा इमेलको भरमा विश्वका बैज्ञानिकहरुसंग कुराकानी गर्न सकिन्छ । आफ्नो अनुसन्धान र बिचार मिलेको खण्डमा जुम कल कै भरमा विश्वको कुनै दुइकुनामा रहेर पनि अनुसन्धान अगाडी बढाउन सकिन्छ । शुर्य विज्ञानमा नेपालका युवाहरूको संलग्नता अत्यन्त आवश्यक छ । विज्ञान, प्रविधि र उत्सुकता मिल्यो भने हामीले शुर्यको रहस्य बुझ्ने मार्ग नेपाली भूमिबाट पनि खुलाउन सक्छौं ।
हाम्रो पुस्ताका लागि शुर्य केवल एउटा तातो गोला होइन, त्यो एक अर्धखुला किताब हो, जसको पानाहरू पढ्दै जाँदा हामी पृथ्वीको सुरक्षादेखि ब्रह्माण्डको रहस्यसम्म बुझ्दै जान सक्छौँ ।
अन्तरिक्ष अनुसन्धानकर्ता गौतम अमेरिकामा युएएच डिपार्टमेन्ट अफ स्पेस साइन्स अध्ययनरत हुनुहुन्छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...