बेल्फी लुरवाङ सिचाई निर्माण

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, म्याग्दीको मालिका गाउँपालिका–७ बिममा रहेको बेल्फी लुरवाङ सिचाई योजनाको ३७ वर्षपछि पक्की नहर निर्माण भएको छ ।

वि.स. २०४५ मा निर्माण भएको कच्ची नहर पक्की भएपछि योजनाबाट लुरवाङमा रहेको एक सय ५० घरधुरी किसानको करिब तीन सय रोपनी जमिनमा सिचाई सुविधा पुगेको उपभोक्ता समितिले जनाएको छ । गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीको सहयोगमा उपभोक्ता समितिले योजना निर्माण गरेको हो ।

नहरमा पानी चलाएपछि लुरवाङको फाँटमा धान रोपाइका लागि यसपाली आकाशे पानी कुर्न नपरेको स्थानीय किसान वुद्धि जुग्जालीले बताउनुभयो । कच्चि नहरमा पानी सोसिने र भिरमा पाइप राख्दा डढेलोले नष्ट गर्ने समस्या थियो ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

उपभोक्ता समितिका अध्यक्ष झकबिर जुग्जालीले पक्की नहर निर्माण भएपछि बेल्फिको मुहानबाट लुुरवाङको फाँटमा सिचाईका लागि पानी ल्याउन हरेक वर्ष पाइप फेर्नुपर्ने झञ्जटबाट मुक्ति मिलेको बताउनुभयो ।

“यसपाली पक्की नहर निर्माण भएपछि हरेक वर्ष पाइप फेर्नुपर्ने समस्या हटेको छ,” उहाँले भन्नुभयो “पाइप परिवर्तन गर्दा हुने खर्च पनि बचत भएको छ ।” चालु आर्थिक वर्षमा रु. २० लाख बजेट बिनियोजन भएको योजना मार्फत गलघण्टीको भिर र लुरवाङमा तीन सय मिटर पक्की नहर निर्माण भएको छ ।

एक सय ७० मिटर एक सय २५ मिलिलिटर क्षमताको पाइपलाइन जडान गरिएको उपभोक्ता समितिका सचिव टुकमान जुग्जालीले बताउनुभयो । गलघण्टीको जोखिमयुुक्त अक्करे भिरमा सावधानी अपनाएर करिब एक सय मिटर पक्की नहर निर्माण गरिएको उहाँले बताउनुभयो । गत वर्ष बिनियोजन भएको रु. १० लाख बजेटबाट बेल्फिमा इन्टेक, बाँध र करिब दुई सय मिटर पाइपलाइन जडान भएको थियो ।

आगामी वर्षका लागि बिनियोजन भएको रु. १० लाख बजेटबाट लुरवाङमा एक वटा ‘क्रसिङ’ र थप नहर बनाएर आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । लुरवाङमा धान लगायत खाद्यबालीका साथै सुुन्तला र व्यवसायिक तरकारी खेती गर्न सहज भएको छ । बिम गाउँको फेदीमा रहेको लुरवाङलाई स्थानीयबासीले अन्नको भण्डार मान्ने गर्छन् ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...