दोसल्लेमा खेलमैदान निर्माण

Shreekrishna hardware

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा खेलमैदान निर्माण भएको छ ।

ओरेन्ज युवा क्लवले वि.स. २०७० मा पाखो सम्माएर शुरु गरेको खेलमैदान निर्माण कार्य चालु आर्थिक वर्ष २०८१÷०८२ मा सम्पन्न भएको हो । उपभोक्ता समितिका अध्यक्ष प्रेम पाईजा पुनले स्थानीय युवाहरुको अगुवाईमा समुदाय स्तरबाट शुरु भएको खेलमैदान निर्माण सम्पन्न गर्न पर्याप्त आर्थिक स्रोत नहुँदा १२ वर्ष लागेको बताउनुभयो ।

“यो ठाउँ पहिला पाखो थियो, डोजरले सम्माएर पर्खाल लगाउने, माटो भर्ने, तारजाली लगाउने, ढलान गर्ने, स्टेज र सार्वजनिक शौचालय बनाएर खेलमैदान तयार गरेका हौ,” उहाँले भन्नुभयो “सरकारी निकायबाट जति बजेट आउँछ त्यती बराबरको काम गर्नुपर्दा ढिलाई भएको हो ।”

Shreekrishna

खेलमैदान निर्माणका लागि दोसल्लेबासीलाई पछिल्लो छ वर्षयता अन्नपूर्ण गाउँपालिकाले निरन्तर साथ दिएको थियो । अन्नपूूर्ण गाउँपालिकाबाट आर्थिक वर्ष २०७६÷०७७ देखि २०८१÷०८२ सम्म रु. ३४ लाख र गण्डकी प्रदेश सरकारबाट रु. पाँच लाख गरि रु. ३९ लाख बिनियोजन भएको थियो ।

चालु आर्थिक वर्षमा गाउँपालिकाले बिनियोजन गरेको रु. १० लाख र रु. एक लाख १८ हजार एक सय ४८ बराबरको श्रमदानमा खेलमैदानको बाहिरी भाग ढलान र स्टेज ढलान गरिएको उपभोक्ता समितिका अध्यक्ष पाइजाले बताउनुभयो बताउनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

व्यवस्थित खेलमैदान निर्माण भएपछि खेलअभ्यास र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ । ३१ मिटर लम्बाई र १६ मिटर चौडाई भएको खेलमैदानमा बास्केटबल र भलिबल खेल सञ्चालन गर्न सकिने ओरेन्ज युवा क्लवका अध्यक्ष बेगबहादुर पाईजा पुनले बताउनुभयो ।

यसअघि उपल्लो दोसल्लेमा रहेको विद्यालय परिसरको खेलमैदानमा खेलकुद गतिबिधी सञ्चालन गर्दा विद्यार्थीको पठनपाठन प्रभावित हुने गरेको थियो । कुनातिर ढुङ्गाको सिढी चिनेर दर्शक बसेर खेल हेर्न मिल्ने प्याराफिट छ भने बाँकी तिनतीर तारजालीले घेराबार भएको छ ।

खेलमैदान निर्माण स्थलमा रहेको सार्वजनिक जग्गा अपुग भएपछि स्थानीय सेरप्रताप पाईजा र पार्वती पाईजाले १० आना जग्गा उपलब्ध गराउनुभएको थियो । ४५ घरधुरी भएको दोसल्ले गाउँका युवा युवती र पौद्धहरु भलिबल र बास्केटबल खेल्ने गर्छन् ।

अन्नपूर्ण गाउँपालिका–७ का वडा अध्यक्ष मइलन पुर्जा पुनले दोसल्ले सहित साविक हिस्तान गाविसका पाँच वटै टोलमा पक्की खेलमैदान निर्माण गरिएको जानकारी दिनुभयो । घराम्दी, रिमा, औला र टिकोट टोलमा यसअघिनै खेलमैदान निर्माण भएको थियो ।

“यस वडाको पाँच वटा टोलले आलोपालो गरेर एक वर्षमा एक वटा मात्र खेलकुद मेला सञ्चालन गर्ने नियम बनाएका छौ,” उहाँले भन्नुभयो “खेलकुदको प्रर्वद्धन र पुुरानो चलनको निरन्तरताका साथै मेलालाई ब्यवस्थित गर्न वडाभित्र वर्षमा एक वटा मात्र मेला आयोजना गर्ने नियम बनाइएको हो ।”

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...