मङ्गलाका कृषकलाई कृषि औजार र विरुवा वितरण

Shreekrishna hardware

बेनी । म्याग्दीको मङ्गला गाउँपालिकाले कृषकहरुलाई अनुदानमा कृषि औजार विरुवा वितरण गरेको छ ।

गाउँपालिकाको कृषि शाखाको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक स्विकृत कार्यक्रम अनुसार एक सय बयासी मिनिटेल, मिल र थ्रेसर मेसिन तथा ३२ हजार चार सय वटा सुन्तला, कागती र अलैचीको बिरुवा वितरण गरेको हो ।

कृषकहरुलाई व्यवसायिक फलफुल खेतीप्रति आकर्षित गर्न र यान्त्रिकरणको माध्यमबाट खेती कार्यमा लागत घटाउन ५० प्रतिशत अनुदानमा औजार र बिरुवा वितरण गरिएको गाउँपालिकाको कृषि शाखाका प्राविधिक जगत बानियाले बताउनुभयो ।

Shreekrishna
Ban devision notice

खेतबारी जोत्न प्रयोग हुने मिनिटेल हलो डिजेलबाट चल्ने ६६ वटा, प्रेट्रोलबाट चल्ने ५८ वटा, विद्युतबाट चल्ने मिल ४८ वटा र थ्रेसर मेसिन १० वटा वितरण गरिएको उहाँले बताउनुभयो । थ्रेसर मेसिन बालीको बोटबाट दाना झार्न प्रयोग हुन्छ ।

यसैगरी बीस हजार अलैची, सुन्तलाका आठ हजार बिजु, चार सय कलमी र कागतीका चार हजार विरुवा पनि वितरण गरिएको कृषि प्राविधिक बानियाले बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षेत्री (पेमा) लगायत जनप्रतिनिधीहरुको उपस्थितिमा बिरुवा र औजार वितरण गरिएको थियो ।

सार्वजनिक सूचना मार्फत कृषकहरुबाट माग संकलन गरि गाउँपालिकाको कार्यबिधी अनुसार मापदण्डमा परेका कृषक छनौट गरेर औजार र विरुवा वितरण गरेको कृषि प्राबिधिक बानियाले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...