मानव र वन्यजन्तुको द्धन्द्ध न्यूनीकरणका लागि जङगलमा पोखरी निर्माण

Shreekrishna hardware

बेनी, । मानव र वन्यजन्तुबीचको द्धन्द्ध न्यूनीकरणका लागि यस वर्ष म्याग्दीका पाँच वटा सामुदायिक वनमा पोखरी निर्माण भएको छ ।

डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा सामुदायिक वन उपभोक्ता समूहले पोखरी बनाएका हुन् । पानी र आहराका लागि मानवबस्तीमा आउने वन्यजन्तुलाई वनमै रोक्नका लागि पोखरी निर्माण गरिएको डिभिजनल वन अधिकृत बिष्णुप्रसाद अधिकारीले बताउनुभयो ।

“पानी र आहाराको खोजीमा वन्यजन्तु मानव बस्तीमा नआउन् भनेर जङ्गलमै पोखरी बनाउने कार्यक्रम प्रभावकारी बनेपछि पछिल्लो तीन वर्षयता निरन्तरता दिएका छौ,” उहाँले भन्नुभयो “वनमै पानी र आहारा भएपछि वन्यजन्तु मानव बस्तीमा नआउने र द्वन्द्व व्यवस्थापनमा सहयोग पुगेको छ ।”

Shreekrishna
म्याग्दी बहुमुखी क्याम्पसको सूचना

अन्नपूर्ण गाउँपालिका–७ को दोसल्ले सल्लेरी, रघुगङ्गा–६ को मनिबराह, मङ्गला–१ को चण्डिकागैरा, मालिका–३ को बराहताल र बेनी नगरपालिका–१ को कमेरे झ्याउले सामुदायिक वनमा यस वर्ष पोखरी निर्माण भएको सहायक वन अधिकृत विनयबहादुर अधिकारीले बताउनुभयो ।

६१ दशमलव ७५ वर्गमिटर क्षेत्रफलमा निर्माण भएका पोखरीमा ६१ हजार लिटर पानी सङ्कलन गर्न सकिनेछ । प्रतिपोखरी निर्माणका लागि कार्यालयले समूहलाई रु. एक लाख अनुदान सहयोग गरेको छ । यसअघि आव २०७८–७९ मा १०, २०७९–८० मा छ र २०८०÷०८१ म १० गरी २६ वटा पोखरी निर्माण भइसकेका छन् ।

बराहताल सामुदायिक वनका अध्यक्ष धनबहादुर रोकाले वनमा निर्माण गरिएका पोखरीले जैविक विविधता संरक्षण, जलवायु अनुकूलन तथा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका साथै जङ्गलमा पानीको स्रोत संरक्षण र चिस्यान कायम गराउन सहयोग पुगेको बताउनुभयो ।

जिल्लामा पछिल्लो समयरतुवा, मृग, बाँदर, चितुवालगायत वन्यजन्तु नजिकको मानव बस्तीमा आएर क्षति पु¥याउन थालेका छन् । यसरी बस्तीमा पस्ने वन्यजन्तुले मानिस र घरपालुवा जनावरलाई आक्रमण गर्ने गर्दछन् ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...