
बेनी,। बेनीको बराहपाखो सामुदायिक वनमा शनिबार वृक्षारोपण दिवस मनाइएको छ ।
वराहपाखो सामुदायिक वन उपभोक्ता समूहको संयोजन, म्याग्दी उद्योग वाणिज्य संघको समन्वय र डिभिजन वन कार्यालय म्याग्दीको आयोजनामा वृक्षारोपण गरेर दिवस मनाइएको हो ।
दिवसको अवसरमा बराहपाखो सामुदायिक वन क्षेत्रमा अम्रिसो र बाँसका बिरुवा रोपिएको थियो । डिभिजनल वन अधिकृत बिष्णुप्रसाद अधिकारी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, वन डिभिजन कार्यालयका कर्मचारी र बराहपाखो सामुदायिक वनका अध्यक्ष बिष्णु गौतम लगायत उपभोक्ताहरुको उपस्थिति थियो ।
