मदन भण्डारीको जन्म जयन्तिको अवसरमा दृष्टिविहिन स्रोत कक्षालाई सहयोग

Shreekrishna hardware

बेनी । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७४ औ जन्मजयन्तिको अवसरमा शनिबार रघुगंगा गाउँपालिका–३, मौवाफाँटको ज्ञानोदय माविको दृष्टिविहिन स्रोत कक्षालाई सहयोग गरिएको छ ।

Ban devision notice

एमाले म्याग्दीले विद्यालयमा दृष्टिविहिन विद्यार्थीहरुको होस्टेलका लागि ३० मिटर स्वीट कार्पेट, ८ वटा मच्छेटदानी (झुल), २ वटा वालफेन (पङ्खा) र एकएक दर्जन कपी हस्तान्तरण गरेको हो । होस्टेल र कक्षाकोठाका लागि कार्पेट तथा फेन र विद्यार्थीहरुलाई मच्छेददानी तथा कपी हस्तान्तरण गरिएको नेकपा एमाले म्याग्दीले जनाएको छ । उक्त सामग्री विद्यालयका अध्यक्ष हरिप्रसाद सुवेदी, प्रधानाध्यापक विजय शर्मा र विद्यार्थीहरुलाई हस्तान्तरण गरिएको थियो ।

दृष्टिविहिन विद्यार्थी तथा विद्यालयलाई सामग्री हस्तान्तरण गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज भूपेन्द्रबहादुर थापाले देश अहिले पनि मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको सिद्धान्तअनुसार अगाडि बढिरहेको बताउनुभयो । 
सोही कार्यक्रममा नेकपा एमाले म्याग्दीका निवर्तमान अध्यक्ष एवं गण्डकी प्रदेश कमिटी सदस्य देवेन्द्रबहादुर केसीले मदन भण्डारीको जन्मजयन्तीको अवसरमा दृष्टिविहिन विद्यार्थीहरुलाई वितरण गरिएको सामग्रीले अध्ययन तथा अध्यापनको क्रममा उपयोगी हुने विश्वास व्यक्त गर्नुृभयो । उहाँले तत्कालीन समयमा भएको मदन भण्डारीको रहस्यमय दुर्घटना तथा हत्याले नेकपा एमालेलाई मात्रै क्षति नभई समग्र देश विकासको लागि समेत अपुरणीय क्षति पुगेको बताउनुभयो । 

नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले ज्ञानोदय माविमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीहरुलाई थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले स्व. जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसर पारेर आवश्यक सामग्री उपलब्ध गराइएको जानकारी दिनुभयो । कार्यक्रममा ज्ञानोदय माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद सुवेदीले मन्तव्य व्यक्त गर्नुभएको थियो । एमाले म्याग्दीका अध्यक्ष सुवेदीको अध्यक्षता र सचिव थमसरा पुनको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला कमिटी सदस्य तथा कार्यालय सचिव हरिकृष्ण सुवेदीले स्वागत गर्नुभएको थियो ।

उक्त कार्यक्रममा एमाले रघुगंगा गाउँपालिका कमिटी अध्यक्ष झलक शर्मा, जिल्ला सल्लाहकार परिषद सदस्य सोमनाथ शर्मा, रघुगंगा–२ नम्बर वडाका अध्यक्ष अमृत भण्डारी, एमाले पिप्ले वडा कमिटी अध्यक्ष निलकण्ठ सुवेदी, विद्यालयका सदस्य कमला केसी, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । वि.सं. २००९ साल असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मिएका भण्डारीको वि.सं. २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटना गराई निधन भएको थियो । भण्डारीको रहस्यमय भनिएको जीप दुर्घटनाको बारेमा वास्तविक तथ्य अहिलेसम्म बाहिर आउन सकेको छैन ।
Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...