म्याग्दीको दरवाङ–मुना– ढोरपाटन सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौता

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, रु. ५२ करोड बढीको लागतमा म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक स्तरान्नेति सम्बन्धी योजना कार्यान्वयनमा आएको छ ।

गण्डकी प्रदेश र संघीय सरकारको साझेदारीमा मालिका गाउँपालिकाको केन्द्र दरवाङ देखि धवलागिरी गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक कालोपत्र गर्न लागिएको हो । पूर्वाधार विकास कार्यालयले ठेकेदार कम्पनी छनौट र ठेक्का सम्झौता गरेपछि योजना कार्यान्वयन चरणमा प्रवेश गरेको हो ।

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको दरवाङ–मुना– ढोरपाटन सडक स्तरोन्नतिका लागि रु. ९२ करोड ९२ लाखको स्रोत सुनिश्चितता भएको थियो । योजना मार्फत दरवाङ–धारापानी (सात किलोमिटर) र झिनडाडा–मुना (चार किलोमिटर) अक्सफाल्ट प्रबिधिको कालोपत्र र ढलान हुुनेछ् । गण्डकी प्रदेशमार्फत म्याग्दीमा भित्रिएको हालसम्मका मध्ये सबैभन्दा ठूलो र धेरै बजेटको आयोजना हो ।

Shreekrishna

पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णुप्रसाद पौडेलले प्रशासनीक खर्च बाहेक रु. ६७ करोड लागत अनुमान गरिएको योजना कार्यान्वयनका लागि ठेक्का प्रतिस्पर्धाका क्रममा सबैभन्दा कम रु. ५२ करोड ८० लाख ५३ हजार कबोलेको सिम्रन÷सक्षम जेभीसँग यही असार ११ गते ठेक्का सम्झौता भएको बताउनुभयो ।

“संघीय र प्रदेश सरकारको (समपुुरक) ५०÷५० प्रतिशत लागत साझेदारी रहने यस योजनाको ठेक्का अवधी २७ महिनाको छ,” उहाँले भन्नुभयो “संघीय र प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु २४ बजेट विनियोजन गरेको यस योजनाका लागि आगामी वर्ष रु. २३ करोड २२ लाख बिनियोजन भएको छ ।” केही दिनमै कार्यक्षेत्रमा परिचालित भएर सडक स्तरोन्नतिका लागि प्रारम्भिक चरणको काम थाल्ने ठेकेदार कम्पनीका प्रतिनिधीले बताएका छन् ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

उक्त सडकअन्तर्गतको धवलागिरि गाउँपालिका–७ धारापानीबाट ताकम हुँदै झिनडाँडा खण्डको चार किलोमिटर दूरीको सडक कालोपत्र, ढलान र ग्राभेलका लागि गत वर्ष रु १४ करोड ६१ लख ६१ हजारमा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनी रामसागर–बिएस धवलागिरि जेभीले करिब ५५ प्रतिशत भौतिक प्रगति गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

म्याग्दीको मंगला मालिका, धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वीरुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ जावतजावत गर्न ७० किलोमिटर छोटो पर्ने भएकाले म्याग्दी १(२) बाट निर्वाचित प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले गण्डकी प्रदेशको पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको नेतृत्व गरेको समयमा विसं २०८० माघमा यो सडकलाई संघीय समपूरक योजनामा समावेश गराउने निर्णय गराउनुभएको थियो ।

गण्डकी प्रदेशका पुर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली ।

“बेनीबाट मङ्गला हुँदै मालिका गाउँपालिकाको केन्द्र दरवाङ जोड्ने २४ किलोमिटर सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ,” जुग्जालीले भन्नुभयो, “अबको तीन वर्षभित्र दरवाङबाट मुनासम्मको सडक पक्की बनाउदैछौ ।”

मुना हुँदै मरेनीबाट जलजला र ढोरपाटन जोड्ने सडकको केही दिनअघि मार्ग खुलेको धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । सङ्घीय सरकारले मरेनीबाट जलजला ढोरपाटन जोड्ने सडकका लागि चालु आवमा विनियोजन गरेको रु. छ करोड ५० लाख बजेटको योजनामार्फत सडकको मार्ग खोल्न ठेक्का लगाइएको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...