म्याग्दी र स्याङ्जा म्याग्दी कप भलिबल प्रतियोगिताको फाइनलमा

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः आयोजक म्याग्दी र स्याङ्जा जिल्ला खेलकुद विकास समिति रु. दुई लाख पुरस्कार राशीको गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता “म्याग्दी भलिबल कप–२०८२” को फाईनलमा पुगेका छन् ।

प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा जिल्ला खेलकुद विकास समिति म्याग्दीको सहकार्यमा म्याग्दी जिल्ला भलिबल संघले आयोजना गरेको प्रतियोगिताको बुधबार हुने फाइनलमा प्रथम स्थानका लागि म्याग्दी र स्याङ्जाबीच प्रतिस्पर्धा हुने भएको हो ।

बेनीको खुल्ला मञ्च खेलमैदानमा मंगलबार भएको सेमीफाइनलमा म्याग्दीले बागलुङलाई २५–१७, २५–१९ र २५–२१ को अन्तरमा सोझो तीन सेटमा पराजित गर्दै फाइनलमा पुगेको प्रतियोगिताको रेफ्री संयोजक टलसिङ थापाले बताउनुभयो । स्याङ्जाले तनहुँसँग भएको प्रतिस्पर्धात्मक खेलमा दुईका विरुद्ध तीन सेटले पराजित गरेको हो ।

Shreekrishna

२५–१९ र २५–२२ को अन्तरमा पहिलो र दोस्रो खेल जितेको तनहुँ तेस्रो, चौथो र पाँचो सेटको खेलमा स्याङ्जासँग ३०–२८, २५–१६ र १९–१७ को अन्तरमा पराजित भयो । तनहुँ र बागलुङबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाले बताउनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

आइतबारदेखि शुरु भएको प्रतियोगितामा म्याग्दी, मुस्ताङ, बागलुङ, पर्वत, कास्की, तनहुँ, स्याङ्जा र नवलपुर जिल्लाको सहभागिता रहेको थियो । प्रतियोगितामा बिजेताले नगद रु दुई लाख, उपविजेताले नगद रु एक लाख तथा तेस्रो हुने टिमले नगद रु. ५० हजार तथा चौथो हुनेले नगद रु. २५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्ने अध्यक्ष बाँनियाले बताउनुभयो ।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक र सर्वोत्कृष्ट खेलाडीलाई जनही नगद रु पाँच–पाँच हजार तथा अन्य विधागत उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिबेरो, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट सेटरले जनही नगद रु तीन–तीन हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

म्याग्दी र बागलुङको खेल अवलोकनका लागि उर्जा, जलस्रोत तथा सिचाई राज्यमन्त्री खमबहादुर गर्बुजा (खम्बिर), बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल लगायत खुल्ला मञ्चमा पुग्नुभएको थियो । बुधबार राज्यमन्त्री गर्बुजाको प्रमुख आतिथ्यतामा प्रतियोगिता समापन गर्ने कार्यतालिका रहेको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...