खुल्ला मञ्च खेलमैदानलाई फराकिलो पारेर ‘प्याराफिट’ निर्माण

Shreekrishna hardware

बेनी, ः म्याग्दीको सदरमुकाम बेनीस्थित खेलमैदानलाई फराकिलो पारेर ‘प्याराफिट’ बनाउन थालिएको छ ।

खेलमैदानको दायाँतर्फ रहेको कालीगण्डकी नदीको किनारबाट पर्खाल उठाएर पराकिलो पारिएको खेलमैदानको सतह भन्दा माथि दर्शक बसेर खेल अवलोकन गर्ने प्याराफिट बनाउन लागिएको हो ।

चार तहको २० मिटर लामो प्याराफिट बनाउन रु. १९ लाख ९३ हजारमा ठेक्का सम्झौता गरेको कस्तुरी कन्ट्रक्सनले ढलानको काम थालेको बेनी नगरपालिका–७ का वडा अध्यक्ष रमेश श्रेष्ठले बताउनुभयो ।

Shreekrishna

कालीगण्डकी नदीतर्फ खेलमैदान विस्तार गर्न यसअघि उठाएको पिल्लरमाथी प्याराफिट बनाउन चालु आर्थिक वर्षमा नगरपालिकाले रु. २५ लाख र संघीय सरकारले रु. २० लाख बजेट बिनियोजन गरेका थिए ।

संघीय सरकारको योजना मार्फत थप करिब १५ मिटर प्याराफिट बनाउन उपभोक्ता समितिले सम्झौता गरेका छन् । चालु आर्थिक वर्षमा दुई वटा शिर्षकका योजना मार्फत करिब ३५ मिटर प्याराफिट तयार पार्ने लक्ष्यका साथ काम भइरहेको छ ।

“यसअघि ९७ मिटर भएको बेनी खुल्ला मञ्चको खेलमैदानको लम्बाई विस्तार गरेर एक सय मिटर बनाएका छौ,” वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो, “३८ मिटर चौडाई भएको खेलमैदानलाई ४५ मिटर चाक्लो बनाउन म्याग्दी नदीको किनारमा पर्खाल उठाएर प्याराफिट बनाइसकिएको छ ।”
११÷११ जना फुटबल खेलाउन मिल्ने बनाउन गत वर्ष बेनी भगवति मन्दिरको पर्खाललाई तीन मिटर पछि सारेर खैलमैदानको लम्बाई एक सय मिटर बनाइएको थियो । खेलमैदानको क्षेत्रफल विस्तार गर्न बेनी नगरपालिकाले गत आर्थिक वर्षमा रु. ५० लाख बिनियोजन गरेको थियो ।

Ban devision notice

सो बजेटबाट खेलमैदान मुनी कालीगण्डकी र म्याग्दी नदीको दोभानमा दुई कोठे मलामी घर र मन्दिर परिसरको पर्खाल सारिएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । मलामीघरको माथिल्लो भागमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दी मार्फत ११ वटा सार्वजनिक शौचालय निर्माण गरेको छ ।

‘बेनी मिनि रंगशाला’ म्याग्दी जिल्लाको प्राथमिकताप्राप्त र बेनी नगरपालिकाको गौरवको आयोजना हो । यसअघि म्याग्दी नदीको किनारतर्फ एक सय पाँच मिटर लामो र पाँच मिटर अग्लो पर्खाल बनाएर त्यसमाथि करिब एक सय मिटर लामो प्याराफिट बनाइएको थियो ।

दर्शक बसेर खेल अवलोकन गर्ने प्यारापिटको बाहिरी भागमा बल बाहिर जान नदिन र अग्लो तारजाली लगाइएको छ । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको मैदानलाई विस्तार गर्न र प्यारापिट बनाउन विसं २०७४ मा रु. नौ करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको थियो ।

फुटबल, क्रिकेट र एथ्लेटिक्स खेलको अभ्यास गर्ने र प्रतियोगिता सञ्चालन गर्ने एकमात्र मैदान खुल्ला मञ्च हो । जिल्लास्तरीय मेला, महोत्सव, सभा, समारोह, सांस्कृतिक कार्यक्रम र सम्मेलन यही हुने गर्छ ।

हाल नौ÷नौ जनाको फुटबल खेलाइने खेलमैदान विस्तार गरेपछि ११÷११ जनाको टिम खेलाउन सकिन्छ । हाल फुटबल खेल्दा खेलाडीले फालेको बल खोलामा पुगेर हैरान हुन्छ । विसं २०५१ मा तत्कालीन सांसद निल पुनले सांसद विकास कोषबाट रु. १ लाख बजेट विनियोजन गरेर खुल्ला मञ्चलाई व्यवस्थित बनाउन सुरु गरिएको थियो ।

आर्थिक वर्ष २०७७÷७८ र ०७८÷७९ मा बजेट बिहिन हुँदा अलपत्र बनेको बेनी खेलमैदान योजनालाई पूर्णता दिन यसअघिका दुई आर्थिक वर्षमा बेनी नगरपालिकाले रु. ५०÷५० लाख बजेट व्यवस्थापन गरेको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...