फापरखेतको पहिरोको विकल्पमा जडान गर्न बेलिब्रिज प्राप्त

Shreekrishna hardware

बेनी, । म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक खण्ड अन्तर्गत बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने फापरखेत पहिरोको विकल्पमा म्याग्दी नदीमाथी बेलिब्रिज जडान हुने सम्भावना बढेको छ ।

फापरखेतको पहिरोको विकल्पमा पखेर–सिम जोड्ने बेलिब्रिज जडान गर्न गण्डकी प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि रु. एक करोड बजेट बिनियोजन गरेको र संघीय सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बेलिब्रिज उपलब्ध गराउने भएपछि सम्भावना बढेको हो ।

म्याग्दीबाट निर्वाचित प्रतिनिधीसभा सदस्य समेत रहेका संघीय सरकारको उर्जा, जलस्रोत तथा सिचाई राज्यमन्त्री खमबहादुर गर्बुजा (खम्बिर)ले भौतिक मन्त्री देवेन्द्र दाहालले बेलिब्रिज उपलब्ध गराउने निर्णय गर्नुभएको जानकारी दिनुभयो ।

Shreekrishna

यसअघि म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली (सुविन)ले गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हाल्दा उहाँको प्रस्तावमा प्रदेश सरकारको मन्त्रि परिषद्को बैठकले फापरखेतको पहिरोको विकल्पमा संघीय सरकारलाई बेलिब्रिज माग गर्दै प्राप्त भएको बेलिब्रिज आफ्नै बजेटले जडान गर्ने निर्णय भएको थियो ।

राजनीतिक समिकरणसँगै राजनीतिक र प्रशासनिक नेतृत्व पनि परिवर्तन हुँदा संघीय भौतिक मन्त्रालयमा अड्कीएको प्रदेश सरकारले बेलिब्रिज माग गरेको फाइलमा करिब दुई वर्षको प्रयासपछि निर्णय भएको हो । राज्यमन्त्री गर्बुजाले अगुवाई गरेर संघीय भौतिक मन्त्री देवेन्द्र दाहालको निर्णय गराउन सफल भएको बताउनुभएको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीले दुई वर्षअघि पखेर र सिम जोड्ने ५६ मिटर लामो बेलिब्रिज जडान गर्न सर्वेक्षण गरिसकेको छ । मुख्यमन्त्री सुरेन्द्र पाण्डेले प्रतिनिधीसभा सदस्य गर्बुजा सहित तत्कालीन भौतिक मन्त्री जुग्जाली, अर्का प्रदेश सांसद हरि भण्डारी सहित वि.स. २०८० असोजमा फापरखेतको पहिरोको स्थलगत निरीक्षण गर्नुभएको थियो ।

Ban devision notice

बेलिब्रिज पाउने र बजेटको ब्यवस्थापन भएपनि निर्माण स्थलसम्म पहुँचमार्ग बनाउन जग्गाधनीहरुको सहमति लिने चुनौति रहेको छ । मुख्य सडक देखि बेलिब्रिज निर्माणका लागि प्रस्तावित ठाउँ लुलीयाघाटसम्म करिब एक किलोमिटर पहुँचमार्ग बनाउन आवश्यक छ । चालु आर्थिक बर्षमा प्रदेश सरकारले बिनियोजन गरेको बजेट पर्याप्त नहुनु पनि अर्को चुनौति छ ।

बेनी नगरपालिकाको वडा नं.–४ र मंगला गाउँपालिकाको वडा नं.–२ को सिमानामा रहेको फापरखेतमा सामान्य वर्षा हुनेबित्तिकै खस्ने पहिरोले सडक पुरिएर सवारी आवतजावत बन्द हुने र ढुङ्गा, माटोसहितको पहिरो खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्नुपर्ने समस्या रहेको छ ।

करिब १८ वर्षअघि सडकको मार्ग खोल्नु अघि देखिकै पहिरो नरोकिदा धवलागिरी, मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने बेनी–दरवाङ सडकमा बर्खा याममा सिधा यातायात सेवा प्रभावित हुने गरेको छ ।

बेनी नगरपालिका–४ का वडा सदस्य प्रेम श्रीसले सामान्य बर्षा हुने वित्तिकै खस्ने पहिरोले सडक पुरिएर सवारी आवत जावत बन्द हुने र ढुङ्गा खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्नुपर्ने समस्या रहेको बताउनुभयो ।

“बर्षापछि पाखोबाट बगेर आउने गेगर सडकमा थुप्रिदा आवत जावत बन्द हुन्छ,” उहाँले भन्नुभयो “फापरखेतको पहिरो बेनी–दरवाङ सडकको क्यान्सर रोग जस्तो भएको छ ।” पहिरोबाट खसेको ढुङ्गाले चोट लागेर सवारी साधनमा क्षति पुग्ने र यात्रु घाइते हुने गरेका छन् ।
करिब एक सय ५० मिटर सडक पहिरोग्रस्त छ । पाखो र भिरको बिचमा खनिएको सडक मुनी म्याग्दी नदी छ । सडक माथिको भिरमा गेगरै गेगर छ । खोल्सामा पर्ने सडक माथितर्फ पर्खाल बनाएर पहिरो रोक्ने प्रयास सफल भएको छैन् । म्याग्दी नदीको किनारमा बनाइएको पक्कि पर्खालले कटान रोकिएको छ । सडक देखि करिब दुई सय माथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीले कालोपत्र सहित स्तरोन्नतिको आयोजना सञ्चालन गरेको २४ किलोमिटर दूरीको बेनी–दरबाङ सडकमा फापरखेत सहित तीन वटा ठूलो पहिरो छन् । मंगला गाउँपालिका–२ को लाम्पाटाको पहिरो पछिल्लो ५ वर्षयता रोकिएको छ । मालिका गाउँपालिकाको बाङ्गेपहिरोले पनि बेला बेलामा दुःख दिने गरेको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...