रघुगङ्गाको रु. ५० करोडको बजेट

Shreekrishna hardware

मौवाफाँट, । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि रु. ५० करोड ११ लाख ४० हजार आठ सय २० को बजेट पारित गरेको छ । रघुगङ्गा आगामी आर्थिक वर्षको बजेट पारित गर्ने म्याग्दीको पहिलो स्थानीय तह बनेको छ ।

गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहिबार भएको १९ औ गाउँसभामा अध्यक्ष भबबहादुर भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष प्रेमकुमारी पुनले प्रस्तुत गर्नुभएको बजेट छलफल पछि पारित भएको हो ।

संघीय, प्रदेश सरकार, आन्तरिक स्रोत र चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने बजेटलाई स्रोत मानेर चालुतर्फ रु. ३७ करोड ६७ लाख ६० हजार आठ सय २० र पुजिगततर्फ रु. १२ करोड ४३ लाख ९० हजारको बजेट पारित गरिएको हो ।

Shreekrishna

संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान तर्फ रु नौ करोड २८ लाख, राजश्व बाँडफाँड तर्फ रु. १० करोड २५ लाख ७३ हजार आठ सय २०, सशर्त अनुदान तर्फ रु. २१ करोड ८८ लाख, विशेष अनुदान रु. एक करोड २३ लाख र समपुरक अनुदान तर्फ रु. ७० लाख गरी संघीय सरकारबाट रु. ४३ करोड ३४ लाख ७३ हजार ८ सय २० बराबरको स्रोत बजेटमा समावेश गरिएको छ ।

Ban devision notice

यस्तै गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान रु. एक करोड एक लाख ६७ हजार, राजश्व बाँडफाँड तर्फबाट रु. एक करोड १५ लाख, समपुरक अनुदान रु. ६० लाख, विशेष अनुदान रु. ४० लाख गरी कुल तीन करोड १६ लाख ६७ हजार समावेश गरिएको प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताउनुभयो ।

गाउँपालिकाले आन्तरिक राजश्व तर्फ रु. एक करोड पाँच लाख र चालु आवमा खर्च नभई बाँकी रहन आउने अनुमानित रकम रु. दुई करोड ५५ लाखलाई समेत स्रोत अनुमान गरेर बजेटमा समावेश गरिएको छ । पूर्वाधार निर्माण, कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको गाउँपालिकाले गौरवको योजनाको रुपमा अघि बढाएको प्रशासकीय भवन निर्माणको लागि रु. दुई करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

त्यसैगरी भगवती मैदानदेखि बेगखोला बेगदेउराली, बाँदुक तिप्ल्याङ सडक निर्माणका लागि संघीय समपुरक अनुदान र गाउँपालिकाको साभेदारीमा रु. एक करोड बजेट विनियोजन भएको छ । वडा नं–४ जगाखोला देखि दग्नाम–दर्मिजा–फुलबारी हुदै मौवाफाँट गाउँपालिका केन्द्रसम्मको खानेपानी आयोजनालाई निर्माण प्रक्रिया अघि बढाउन संघीय सरकारको विशेष अनुदान रु. एक करोड २३ लाख बिनियोजन भएको छ ।

सभामा अध्यक्ष भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्ष अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन गर्ने, असल अभ्यास र अनुभव आदानप्रदान गर्न अन्य स्थानीय तहसँग भगीनी सम्बन्धी कायम गर्ने तथा निर्माणाधिन जलविद्युत आयोजना प्रभावित क्षेत्रमा प्रर्वद्धकहरुसँग समन्वय गरेर सडक स्तरोन्नति गरिने जानकारी दिनुभयो ।

पालिकाभित्रको समस्याको समाधान, सम्भावनाको खोजी र जनताका अत्यावश्यक चाहनालाई पुरा गर्ने गरी नीति तथा कार्यक्रम ल्याईएको बताउनुभयो । गाउँपालिकाले पूर्वाधार निर्माण मार्फत पालिकालाई विकसीत बनाउने, कृषिलाई यान्त्रिकरण र विशिष्टीकरण गर्दै आत्मनिर्भर बनाउने, पशुपालनलाई प्रवद्र्धन गर्ने, विकास निर्माण योजनाहरु मार्फत रोजगारी सिर्जना गर्ने, उद्यमशिलाताको विकास गर्ने, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने, स्वास्थ्य उपचारमा नागरिकको सहज पहुँच बढाउने नीति लिएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...