
बेनी, । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा गएरातीको बाढी र पहिरोका कारण दुई वटा घरमा क्षति पुगेको छ ।
चिमखोला हुदै रघुगङ्गा गाउँपालिका–८ मंगले, पात्ले, घ्याँसीखर्क, चौरखानी लगायत टोललाई यातायात सञ्जालसँग जोड्ने चिमखोला–घ्यासीखर्क सडक पहिरोका कारण अवरुद्ध बनेको छ ।



बस्ति माथिको पाखोबाट आएको बाढी र पहिरोका कारण चिमखोलाको ३ नम्बर टोलका इन्द्रमान पुन (एक्रामन) र लेवाङका बेग पुनको घरमा ठूलो क्षति पुगेको रघुगङ्गा गाउँपालिका–७ का वडा अध्यक्ष थकबहादुर पाइजा (रिम)ले बताउनुभयो ।
चिमखोलाका जनप्रतिनिधी र स्थानीयबासीहरुले आइतबार दिनभर बाढी पहिरोले क्षति पुगेका घरका सामान सार्न र थप क्षति हुन नदिने संरचना बनाएका छन् । डोजर परिचालन गरेर मलाङमा खसेको पहिरो पन्छाउने तयारी गरिएपनि निरन्तर पहिरो खस्न थालेपछि जोखिम बढेको छ ।
