
बेनी, । नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको अध्यक्षमा रमेश सिं ठकुरी चयन हुनुभएको छ ।
यो संगठनमा नेकपा एमालेमा बिचार राख्ने शिक्षकहरु आवद्ध छन् । बेनीमा शनिबार सम्पन्न १४ औ जिल्ला अधिवेशनबाट रघुगंगा माविका प्रअ रहेका ठकुरीको अध्यक्षतामा कार्यसमिति चयन भएको हो ।

संगठनको उपाध्यक्षमा भिमबहादुर घर्ती, महिला उपाध्यक्षमा वीरमाया विश्वकर्मा, सचिवमा मनबहादुर रोका, कोषाध्यक्षमा टेकप्रसाद सुवेदी, सहसचिवमा कुशुम पुर्जा र सहकोषाध्यक्षमा आन्जन खत्री चयन हुनुभएको छ ।
सदस्यहरुमा प्रकाश सुवेदी, दुतबहादुर गर्बुजा, गोविन्द थापा, करण कडेल, नविन पुन, ठाकुर सुवेदी, गंगा बानिया, सिता राना, डम्मर सुवेदी, रेशम बहादुर बानिया, नविन रोका, कृष्णप्रसाद सापकोटा, कुशुम शाही, बेलबहादुर बिक र इन्द्र पुन रहनुभएको छ ।
