सोलेडाडामा मालिकाको कार्यपालिका बैठक

Shreekrishna hardware

बेनी, । म्याग्दीको मालिका गाउँपालिकाको ६० औ कार्यपालिका बैठक शनिबार पर्यटकीय स्थल सोलेडाडामा बसेको छ ।

तमानखोला गाउँपालिकाको सिमानामा रहेको सोलेडाडामा गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले सिमाना बिवाद समाधान लगायतका विषयमा निर्णय गरेको छ ।

कार्यपालिकाका प्रवत्ता अनुुप गौचनले म्याग्दी र बागलुुङको सिमानामा पर्ने मालिका गाउँपालिका, ढोरपाटन नगरपालिका, तमानखोला र ताराखोला गाउँपालिकाको सिमाना नापी विभागले जारी गरेको नक्सा अनुसार सिमाङकन गर्ने निर्णय भएको जानकारी दिनुुभयो ।

Shreekrishna
Ban devision notice

तमानखोला र मालिका गाउँपालिकाबीच सोलेडाडामा सिमाना सम्बन्धी बिवाद छ । सिमाना बिवादका कारण सोलेडाडामा पर्यटकीय पूर्वाधार निर्माणमा समस्या भएपछि समाधानका लागि पहल गरिएको प्रवत्ता गौचनले बताउनुभयो ।

उहाँका अनुुसार सिमा बिवाद समाधानका लागि पालिकाहरुको सिमा निर्धारण गर्न सबै पार्टीका प्रतिनिधीहरुलाई समावेश गरेर सर्वदलीय सिमा निर्धारण समिति गठन गर्ने निर्णय पनि भएको छ ।

आर्थिक वर्ष २०८२÷०८३ को मालिका गाउँपालिकाका सबै सात वटै वडाहरुलाई बजेटको सिलिङ निर्धारण गरिएको छ । मालिकाको कार्यपालिका बैठक पहिलो पटक कार्यालय बाहिर बसेको हो ।

समुन्द्रि सतहदेखि दुई हजार छ सय ३० मिटर उचाइमा रहेको सोलेडाडाबाट सुर्योदय, सुर्यास्त र धौलागिरि हिमशृङखलाको अवलोकन गर्न सकिन्छ । सोलेडाडा गुुरासको जंगलको बिचमा अवस्थित छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...