
बेनी, । बेनी नगरपालिका–८ का अगुवा महिलाहरुलाई नेतृत्व विकास र उद्घोषणकला सम्बन्धी तालिम शुरु भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोग, बेनी नगरपालिका वडा नं.–८ को कार्यालय र गैरसरकारी संस्था मिलन म्याग्दीको आयोजनामा शुक्रबारदेखि दुई दिने तालिम शुरु भएको हो ।
आमा समूह, टोल विकास संस्था र विभिन्न सामाजिक संस्थामा नेतृत्व तहमा रहेका ३० जना महिला प्रतिनिधीहरु सहभागी तालिमको जिल्ला समन्वय समितिका सदस्य जानकी विश्वकर्माले उद्घाटन गर्नुभयो ।

बेनपा–८ का वडा सदस्य नरु थजालीको अध्यक्षता, मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुको स्वागत, कर्मचारी छवी पुर्जा पुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको पहिलो दिन पत्रकार सन्तोष गौतम र प्रताप बानियाले सहजिकरण गर्नुभएको थियो ।


