लिटल गार्डेनका विद्यार्थीलाई दुना टपरी बुन्ने सिप प्रदान

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । म्याग्दीको बेनी नगरपालिका–८ गणेशटोलमा रहेको लिटल गार्डेन एकेडेमीका विद्यार्थीहरुलाई दुना टपरी बुन्ने सिप प्रदान गरिएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

विश्व वातावरण दिवसको अवसरमा शुक्रबार कक्षा ५ देखि १० सम्म अध्ययन गर्ने ५० जना विद्यार्थीहरुलाई सालको पातबाट दुना टपरी बुन्ने तालिम दिइएको हो । विद्यालयका शिक्षिका र अभिभावकहरुले तालिम दुना टपरी बनाउने सिप सिकाउनुभएको थियो ।

दिवसको अवसरमा वातावरण सम्बन्धी चित्रकला, वक्तृत्वकला प्रतियोगिता, विद्यालय परिसर सरसफाईका साथै वातावरण मैत्री वस्तुहरु निर्माण गरिएको विद्यालयका प्रिन्सीपल दिपक सुवेदीले बताउनुभयो । विद्यालयले यसअघिका वर्षहरुमा पनि वातावरण दिवसका अवसरमा विविध सचेतनामुलक कार्यक्रम गरेको थियो ।  

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...