सुनारीखोलाको झोलुङ्गे पुल मर्मत

Shreekrishna hardware

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ मा रहेको सुनारी खोला झोलुङ्गे पुल मर्मत गरिएको छ ।

गत बर्खामा सुनारीखोलामा आएको बाढीले पुलको एकातर्फको जिप र पर्खाल भत्काएपछि जोखिम बढेको थियो । अन्नपूर्ण गाउँपालिकाले बजेट बिनियोजन गरेर उपभोक्ता समिति मार्फत मर्मत गरेको हो ।

Ban devision notice

अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले रु. नौ लाख ४६ हजार पाँच सय ५८ को लागतमा पुल मर्मत गरिएको बताउनुभयो । मर्मतका लागि गाउँपालिकाले रु. आठ लाख ५० हजार बजेट बिनियोजन गरेको छ भने उपभोक्ताले रु. ९६ हजार पाँच सय ५८ बराबरको श्रमदान गरेका छन् ।

Shreekrishna

पुल मर्मत भएपछि सुनारी र औलाका ५१ घरपरिवारका दुई सय ५५ जनसंख्या लाभान्वित भएका छन् । पुल मर्मत गर्न जितबहादुर पुर्जाको अध्यक्षतामा एलिसा पुर्जा सचिव र चकमाया पुर्जा कोषाध्यक्ष रहेको उपभोक्ता समिति गठन भएको थियो ।

२०८१ चैत १५ गते सम्झौता भएको योजना सम्पन्न भएपछि उपाध्यक्ष तिलिजा सहित प्राविधिक र योजना शाखाको टोलीले अनुगमन गरेको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...