‘प्राकृतिक स्रोतको परिचालनबाट आर्थिक परिवर्तन’–अध्यक्ष प्रचण्ड

Gandaki Kotihome

दाना, २८ जेठ ः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले प्राकृतिक स्रोतको व्यवस्थापन र परिचालन गरेर नेपालमा आर्थिक परिर्वतन ल्याउन सकिने बताउनुभएको छ ।

म्याग्दी हुदै मुस्ताङ जाने क्रममा बुधबार बिहान म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा ज्ञानप्रकाश नमुना माविले आयोजना गरेको भेटघाट कार्यक्रममा प्रचण्डले प्राकृतिक स्रोतलाई पर्यटन विकासको आधार बनाउन सकिने सम्भावना रहेको बताउनुभयो ।

“चिन र भारतलाई जोड्ने रणनीतिक महत्वको कालीगण्डकी कोरिडोर सडकको अवस्था, प्राकृतिक स्रोतको सम्भावना र विकासको आवश्यकता तथा जनताका समस्या बुझ्नका लागि पोखराबाट सडक मार्ग भएर मुस्ताङ जाने निर्णय गरेको हो,” उहाँले भन्नुभयो “म्याग्दीमा रहेका प्राकृतिक तातोपानीका मुहानहरुलाई संरक्षण र ब्यवस्थित गरेर स्वास्थ्य पर्यटनको विकास गराउन सकिने सम्भावना देखेको छु ।”

Upper Myagdi transmition line notice

कालीगण्डकी र आसपासका नदीहरुमा निर्माण भइरहेका जलविद्युत आयोजना, हिमाल, झरना र रमणीय दृष्य अवलोकन गर्न सकिने स्थलको पहिचान, प्रर्वद्धन र विकास गरेर नागरिकको आर्थिक अवस्थामा परिवर्तन ल्याउन सकिने प्रचण्डको भनाई थियो ।

भुरुङ्ग–तातोपानी कुण्डमा बिहान करिब ४५ मिनेट स्नान गर्नुभएका प्रचण्डले अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, पुर्व अध्यक्ष डमबहादुर पुन लगायत स्थानीयबासी तथा नेता कार्यकर्ताहरुसँग अन्तरक्रिया गर्नुभएको थियो ।

Annapurna aarohan ko notice

अन्तरक्रियाका क्रममा ज्ञानप्रकाश नमुना माविका प्रअ शान्तबहादुर नेपालीले विद्यालयको बारेमा जानकारी गराउनुका साथै स्थानीयबासीहरुको तर्फदेखि बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरो नियन्त्रण, कटान रोकथाम गरेर सुरक्षित रुपमा नियमित यातायात सञ्चालनको ब्यवस्था मिलाउन माग गर्नुभएको थियो ।

अध्यक्ष प्रचण्डले रणनीतिक महत्वको बेनी–जोमसोम–कोरला सडक स्तरोन्नतिलाई पूर्णता दिन, पहिरो तथा नदी कटान रोकथाम गर्न र कोरला नाका व्यापारिक रुपमा सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराउने प्रतिवद्धता जनाउनुभयो ।

देशका विभिन्न ठाउँमा पुग्दा जनताले शुसासन, सम्बृद्धि र राजनीतिक स्थायीत्व चाहेको बताउदै उहाँले अहिलेको व्यवस्थालाई सुधार गरेर लैजानुपर्ने तर पछाडी फर्कन सम्भावना नभएको विश्वास दिलाउनुभयो ।

“राजनीतिक नेतृत्वले राम्रोसँग काम गर्न नसक्दा जनतामा केही हदसम्म असन्तुष्टि बढ्ने गरेको र त्यो असन्तुष्टिबाट इतिहाँसलाई निरंकुशतातर्फ फर्काउन चाहनेले टाउको उठाउन खोजेका छन्,” उहाँले भन्नुभयो “जनतामा चेतना जागिसकेको हुँदा देश अहिलेको ब्यवस्थाबाट पछाडी फर्कन सक्ने अवस्था छैन् ।”

दाना देखि मुस्ताङ जाने क्रममा प्रचण्डले रुप्से झरनाको अवलोकन गरेर भ्रमण टोलीसँग सामुहिक तस्विर पनि खिचाउनुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...