माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड म्याग्दीको भुरुंग तातोपानीमा

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम सडकका पहिरो नियन्त्रण र वैकल्पिक सडकको ब्यवस्था मिलाउन पहल गर्ने बताउनुभएको छ ।

चिन र भारत जोड्ने राष्ट्रिय प्राथमिकताको कालीगण्डकी कोरिडोर अन्तर्गत पर्वतको मालढुङ्गा र म्याग्दी खण्डको स्थलगत निरिक्षण तथा सरोकारवालासँग मंगलबार म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा भएको भेटघाटका क्रममा निर्माणाधिन सडकलाई पूूर्णता दिन, पहिरो र नदी कटान रोकथाम गरि सुुरक्षित बनाउन आफ्नो ध्यान गएको बताउनुभयो ।

Shreekrishna

रघुुगङ्गा गाउँपालिका–२ बरखर्कको पहिरो निरिक्षणपछि अध्यक्ष प्रचण्डले पहिरो रोकथाम र नियमित यातायात सञ्चालनका लागि वैकल्पिक सडक मार्गलाई स्तरोन्नति गर्न सदन र सरकारको ध्यानाकर्षण गराउनुे प्रतिवद्धता जनाउनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

रघुगङ्गा गाउँपालिका–२ का पूर्व वडा अध्यक्ष समेत रहेका नेकपा (माओवादी केन्द्र)का गण्डकी प्रदेश सदस्य रिमबहादुर कटुवालले वरखर्क पहिरोको वैकल्पिक गलेश्वर–बगैचा–रानीपौवा–रिसिनचौतारी–बेगखोला सडक स्तरोन्नति गर्न सकेमा बर्खा याममा बेनी–जोमसोम–कोरला सडकमा नियमित यातायात सञ्चालन गर्न सकिने मागपत्र अध्यक्ष प्रचण्डलाई बुझाउनुभएको थियो ।

यसैगरी अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा स्थानीयबासीका गुुनासो सुुन्दै अध्यक्ष प्रचण्डले म्याग्दीको भगवति, दोवा लगायतका ठाउँका गुठी र सिमाना सम्बन्धी समस्या समाधानमा पहल गर्ने बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिका–५ का वडा सदस्य समेत रहेका माओवादी केन्द्र अन्नपूूर्ण गाउँकमिटिका अध्यक्ष पूर्ण पाइजा र ईञ्चार्ज बागबिर पाइजाले स्थानीय विकास निर्माणसँग सम्बन्धीत मुद्दा सम्बोधनका लागि अध्यक्ष प्रचण्डलाई मागपत्र बुझाउनुभएको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...