धवलागिरीका कृषकलाई यान्त्रिक हलो वितरण

Gandaki Kotihome

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा ५३ वटा मिनिटेलर (यान्त्रिक हलो) वितरण गरेको छ ।

कृषि कार्यमा लागत घटाउन र सहज बनाउनका लागि पाँच वटा वडा कार्यालयहरुले माग संकलन गरेर छनौट र सिफारिस गरेका कृषकहरुलाई यान्त्रिक हलो वितरण गरेको हो । ठेक्का प्रतिस्पर्धा मार्फत प्रति मिनिटेलर रु. २९ हजार सात सय ५० मा खरिद गरेर वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको जिन्सी शाखाका प्रमुख रमेश शर्माले प्रति मिनिटेलर कृषकले रु. १४ हजार आठ सय ७५ मात्र लगानी गरेका र ५० प्रतिशत गाउँपालिकाले ब्यहोरेको जानकारी दिनुभयो । वडा न. २ लुलाङमा ११, वडा नं. ३ मुनामा सात, वडा नं.४ मुदीमा ६, वडा नं. ६ मराङमा ७ र वडा नं. ७ ताकममा २२ वटा मिनिटेलर हलो वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

वडा नं. १ गुर्जा र वडा नं.–५ मल्कवाङका कृषकले भने मिनिटेलर माग गरेका थिएनन् । शनिबार मुनी स्थित गाउँपालिकाको कार्यालयमा अध्यक्ष प्रेमप्रसाद पुनले कृषकहरुलाई मिनिटेलर वितरण गर्नुभएको थियो । खेतबारी खनजोतका लागि हलगोरुको विकल्पमा यान्त्रिक हलो प्रयोग गर्ने चलन बढेको छ ।

गोरु पाल्न झञ्जट हुने, मिनिटेलरबाट छिटो खेतबारी खनजोत गर्न सकिने भएकाले कृषकहरुको यसप्रति आकर्षण बढेको छ । मिनिटेलर खरिदका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु. नौ लाख बजेट बिनियोजन गरेको थियो ।

गाउँपालिकाको केन्द्र मुनामा मिनिटेलर ट्याक्ट्र मर्मत सम्बन्धी तालिम पनि सञ्चालन भएको छ । उद्योग तथा पर्यटन कार्यालय म्याग्दीको आयोजनामा सञ्चालन भएको १० दिने तालिममा २० जनाको सहभागिता छ । गाउँघरमै ट्याक्टर मर्मत गर्न सक्ने दक्ष जनशक्ति तयार पार्न तालिम सञ्चालन गरेको कार्यालयले जनाएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...