संघीय सरकारबाट म्याग्दीका कुन आयोजनालाई कति बजेट आयो ?

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत करिब रु. ७९ करोड बजेट बिनियोजन भएको छ ।
म्याग्दीबाट निर्वाचित प्रतिनिधीसभा सदस्य समेत रहनुभएका उर्जा, जलस्रोत तथा सिचाई राज्यमन्त्री खमबहादुर (खम्बिर)ले सडक, नदी नियन्त्रण, खानेपानी, झोलुङ्गे पुल, बस्ती विकास सम्बन्धी योजनाका लागि रु. ७८ करोड ९५ लाख बजेट बिनियोजन भएको जानकारी गराउनुभएको छ ।

बेनी बजारमा तटबन्ध निर्माणको लागि तीन करोड, सिमलचौर–मिथौला–कुकुर विसौना–पुर्णगाउँ सडक स्तरोन्नतीका लागि तीन करोड, रुन्मा–मगरदाङ –जुग्जा सडक स्तरोन्नतीका लागि तीन करोड, खहरेखोला–छिस्बाङ–खोप्ती –दरबाङ सडकलाई तीन करोड, पात्लेखोला–नेपाने–मौवाफाँट–बान्द्रे जोद्रेघाट पुल तीन करोड, चिप्लो पहिरो–दग्नाम –दर्मिजा–चिमखोला–घ्यासीखर्क सडकलाई तीन करोड, तोरीपानी– दावा –धोलथान सडकलाई तीन करोड, लमसुङ–लुलाङ–गुर्जा सडक योजनालाई रु. तीन करोड बजेट विनियोजन भएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

यसैगरी बेनी बजार खानेपानी आयोजनालाई तीन करोड, रत्नचौर ज्यामरुककोट–भकिम्ली–बरङ्जा सडक (पुरानो क्रमागत योजना)लाई तीन करोड, अन्नपुर्ण गाउँपालिका–२, ३ र ४ का विभिन्न ठाउँमा कालीगण्डकी र सहायक नदी नियन्त्रण योजनालाई पाँच करोड, रघुगंगा–४ मा विभिन्न ठाउँमा पहिरो नियन्त्रण तथा रोकथाम आयोजनालाई चार करोड, जलस्रोत संरक्षण आयोजनालाई ७० लाख, एकिकृत नदी बेसीन सिंचाइ तथा जलस्रोत व्यवस्थापन अन्तर्गत विभिन्न योजनालाई आठ करोड, बजार तथा बस्ती संरक्षण अन्तर्गत विभिन्न आयोजनालाई ९ करोड, पहिरो व्यवस्थापनका लागि विभिन्न ठाउँमा तटबन्ध निर्माणका लागि तीन करोड ५० लाख लगायत रहेका छन् ।

Shreekrishna

ठेक्का सम्झौता भइसकेको बृहत घोप्टेखोला खानोपानी खानेपानी आयोजनालाई तीन करोड, बृहत पिप्ले खानेपानी आयोजनालाई तीन करोड, बृहत चिमखोला–भगवती खानेपानी आयोजनालाई चार करोड, ढोवा पोखरेबगर खानेपानी आयोजनालाई २५ लाख बजेट विनियोजना भएको छ ।

आगामी आर्थिक वर्षका लागि थप अन्य मन्त्रालयबाट विभिन्न शिर्षकका आयेजनालाई बजेट विनियोजन भएकोले छिट्टै सार्वजनिक गरिने राज्यमन्त्री गर्बुजाको सचिवालयले जनाएको छ । प्रदेश सरकारमा सिफारिस र हस्तान्तरण भएका योजनाहरुको बजेटको विवरण प्रदेश सरकारले बजेट सार्वजनिक गरेपछि जानकारी गराउनु गर्बुजाले बताउनुभएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...