
रत्नेचौर, । बेनी नगरपालिका–१ रत्नेचौरस्थित भानु माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीलाई शुक्रबार झोला, जुत्ता र शैक्षिक सामग्री वितरण गरिएको छ ।
वसन्त बोगटी सदाबर्त गुठीले बालकक्षा देखि कक्षा १२ सम्मका विद्यार्थी र शिक्षकलाई झोला वितरण गरिएको हो । ६० वटा झोला वितरण भएको उक्त विद्यालयका शिक्षक समेत रहनुभएका वसन्त बोगटी सदावर्त गुठीका महासचिव चिरञ्जिवी बोगटीले बताउनुभयो ।

साथै, खडानन्दा स्मृति कोषबाट विद्यार्थीहरूलाई जुत्ता र दामोदरी स्मृति अक्षकोषबाट स्टेसनरी सामग्री प्रदान गरिएको छ । त्यस्तै, भिमकुमारी स्मृति अक्षकोषद्वारा सजावटका पर्दा वितरण गरिएको छ ।

गौरिलाल स्मृति अक्षकोषले कक्षा ११ र १२ का विद्यार्थीलाई वार्षिक रूपमा प्रति विद्यार्थी रु. १० हजार बराबरको स्टेसनरी र पढाइ खर्च उपलब्ध गराउने घोषणा गरेको छ ।
