लुलाङमा केन्द्रिय प्रशारण लाइनको बिजुली पुग्यो

Gandaki Kotihome

बेनी,। म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा केन्द्रिय प्रशारण लाइनको बिजुली पुगेको छ ।

नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रम अन्तर्गत धवलागिरी गाउँपालिकाको केन्द्र मुना हुदै लुलाङमा केन्द्रिय प्रशाण लाइनको बिजुली पुगेको हो । मुख्य, शाखा लाइनको पोल गाड्ने, तार तान्ने र एक सय केभीए क्षमताको ट्रान्सफर्भर जडान सकिएपछि शुक्रबार भएको परिक्षण सफल भएको धवलागिरी गाउँपालिका–२ का वडा अध्यक्ष अकप्रसाद कुमाईले जानकारी दिनुभयो ।

“परिक्षण सफल भएको छ । उपभोक्ताको घरघरमा वाइरिङ गरेर मिटर बक्स जडान गरेर जति सक्दो छिटो केन्द्रिय लाइनको बिजुली बाल्ने तयारीमा छौ,” उहाँले भन्नुभयो “मिटरबक्स जडान भइसकेको नयाँबनमा गत फागनमा नेपाल टेलिकमले राखेको मोवाइलको बिटिएस टावर केही दिनमै सञ्चालनमा आउँछ ।”

Upper Myagdi transmition line notice

विद्युत अभावमा मोवाइल टावर सञ्चालन हुन सकेको थिएन् । लुलाङ, लमसुङ, खोरीया र मरेनी टोलमा केन्द्रिय लाइन पुगिसकेको छ । यहाँका बासिन्दाहरुले हाल उज्यालोका लागि लघुजलविद्युत परियोजना र सौर्य उर्जा प्रयोग गर्दै आएका थिए । दरखोला जलविद्युत आयोजनामा पटक पटक समस्या आउन थालेपछि लुलाङबासी समस्यामा परेका थिए ।

Annapurna aarohan ko notice

साविक लुलाङ गाविसमा तीन सय ७० घरपरिवारको बसोबास छ । म्याग्दीका १४ स्थानका दुई हजार एक ८३ घरधुरीमा राष्ट्रिय प्रशारण लाइनको विद्युत सुविधा विस्तारका लागि प्राधिकरणले आर्थिक वर्ष २०८०÷०८१ देखि रु. २२ करोड बजेटको योजना सञ्चालन गरेको छ ।

म्याग्दी १(२) बाट निर्वाचित प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली (सुविन) र म्याग्दी १(१) बाट निर्वाचित अर्का प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), उर्जा, जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्ने र नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङसँग समन्वय गरेर वि.स. २०७९ चैतमा विद्युतीकरणका लागि म्याग्दीमा हालसम्मकै धेरै बजेट भित्र्याउनुभएको थियो ।

यस योजना मार्फत यसअघि मालिका गाउँपालिका–१ निस्कोट, २ रुम, ३ डाडागाउँ, पात्ले, वडा नं.–४ ओखरबोटका छ सय, धवलागिरी गाउँपालिकाको मलम्पारका एक सय ५० र बुलका ४५ घरमा विद्युतीकरण भइसकेको छ ।

मालिका गाउँपालिकाको चिउरीबोट, महभिर र धवलागिरी गाउँपालिकाको मल्कवाङमा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको ठेकेदार कम्पनी न्यु ढुङ्गाना निर्माण सेवाका सञ्चालक दिनेश ढुङ्गानाले जानकारी दिनुभयो ।

यो ठेक्का मार्फत धवलागिरी गाउँपालिका–१ को गुर्जा बाहेकका बस्तिहरुमा केन्द्रिय विद्युत सुविधा पुग्दैछ् । अन्नपूर्ण गाउँपालिका–८ मा रहेको पर्यटकीय स्थल मोहरेडाडामा पनि केन्द्रिय विद्युत सुविधा पु¥याउने योजना छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...