
जोमसोम, । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी हप्ता मुुस्ताङ आउनुहुने भएको छ ।
नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी जनजागरण अभियान अन्तर्गत जेठ २७ गते म्याग्दी हुदै जोमसोम आउन लाग्नुभएका प्रचण्ड २८ गते जोमसोममा विभिन्न कार्यक्रममा सहभागी हुने र २९ गते पार्टी कार्यालय भवन शिलन्यास गरेर फर्कने कार्यक्रम रहेको छ ।

नेकपा (माओवादी केन्द्र) मुस्ताङका जिल्ला संयोजक धिरेन्द्र बिकले प्रचण्ड पोखरा देखि बेनी जोमसोम कोरला सडक मार्ग भएर मुुस्ताङ आउने कार्यक्रम रहेको जानकारी दिनुभयो । २८ गते बिहान स्याङ देखि जोमसोम सम्म मर्निङ वाक, स्थानीय तह कमिटिका पदाधीकारीहरुको सपथप्रहण, प्रशिक्षण, कार्यालय प्रमुखहरुसँग छलफल, सर्वसाधारणसँग जनसंवाद गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

माओवादी केन्द्र मुस्ताङका नेता ङुुटुुक गुरुङ (मुस्ताङ टाइगर)ले पार्टी अध्यक्ष आउने कार्यक्रमको तयारी तिब्र बनाएको बताउनुभयो । प्रचण्डको मुुस्ताङ भ्रमणको कार्यक्रम बारेमा बिहिबार जोमसोममा पत्रकार सम्मेलन गरेर जानकारी गराइएको थियो ।
