गुणस्तरीय पश्मिना उत्पादन गर्न किसानलाई प्रबिधि र सिप हस्तान्तरण

Gandaki Kotihome

कागबेनी, । पस्मिनाको कच्चा पदार्थ च्याङग्राको भुवालाई गुणस्तरीय बनाउन मुस्ताङका कृषकहरुलाई प्राविधिक प्रबिधि र सिप हस्तान्तरण गर्न थालिएको छ ।

अन्तराष्ट्रिय व्यापार केन्द्र (आइसिटी)को सहयोगमा नेपाल पश्मिना संघले भेटेरीनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र मुस्ताङ र स्थानीय तहका पशु सेवा शाखासँगको समन्वयमा गुणस्तरीय भुवा उत्पादन र संकलनका विषयमा प्राविधिक सिप सिकाउन थालेको हो ।

बाह्य परजिवीको आक्रमणबाट जोगाउन, शरिरमा भएको भुवालाई किटाणुरहित, स्वच्छ र गुणस्तरीय बनाउन भुुवा निकाल्नुु अघि डिपिङ ट्याङ्कीमा च्याङग्राको शरिर डुुबाउने सिप सिकाउन स्थलगत तालिम शुरु गरिएको नेपाल पश्मिना संघका अध्यक्ष धनप्रसाद लामिछानेले जानकारी दिनुभयो ।

Upper Myagdi transmition line notice

“पछिल्लो तीन वर्षयता मुस्ताङ, मनाङ, डोल्पा, मुगु, हुम्ला लगायत जिल्लाका कृषकहरुले उत्पादन गरेको च्याङग्राको भूवा खरिद गरेर बजारको सुनिश्चितताका साथै पश्मिनाको कच्चा पदार्थ आयात घटाएका छौ,” उहाँले भन्नुभयो “अन्तराष्ट्रिय स्तरको प्रयोगशालामा गरिएको परिक्षणबाट पश्मिनाका लागि उपयुुक्त र गुुणस्तरीय पुष्टि भएको मुस्ताङी च्याङग्राको भुवाको दिगोपना र गुणस्तरमा हस आउन नदिन कृषकहरुलाई सिप र प्रबिधीमा सघाउने कार्यक्रमलाई निरन्तरता दिएका छौ ।”

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ फल्याक गाउँमा बुधबार च्याङग्राको शरिरमा भएको बाह्य परजिवी नष्ट गर्ने विषादी मिसाएको पानी राखिएको डिपिङ टंकीमा सुरक्षित तरिकाले डुुबाउने सम्बन्धी तालिम दिइएको थियो । घरपझोङ, लोघेकर–दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका पश्मिना कृषक समूहलाई पनि स्थलगत तालिम दिने कार्यक्रम रहेको संघले जनाएको छ ।

संघले यसअघि कृषकहरुलाई च्याङग्राको स्वास्थ्यमा असर नपर्ने तरिकाले शरिरबाट काइयोले कोरे जसरी भुुवा निकाल्ने तालिमका साथै काइयो वितरण पनि गरेको थियो । स्थलगत तालिममा सहभागि कृषकहरुका लागि डिपिङ टंकी निर्माण गर्न सिकाउनुुका साथै टंकी बनाउन आवश्यक पर्ने पलास्टिकको त्रिपाल सहयोग गर्ने संघले जनाएको छ ।

भेटेरीनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र मुस्ताङका प्रमुख पशु चिकित्सक लालमणी अर्यालले अस्थायी डिपीङ टंकी निर्माण, पानीमा बिषादी मिसाउने, च्याङग्रा र मानिसको स्वास्थ्यमा असर नपर्ने गरि डिपिङ टंकीमा च्याङग्राको शरिर डुबाउने र त्यसपछि बिषादी मिसिएको पानीको सुुरक्षित बिर्सजन गर्ने सैद्धान्तिक तथा व्यवहारिक विषयमा स्थलगत तालिम दिनुभएको थियो ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ फल्याकका वडा अध्यक्ष सुरेन्द्र गुरुङले मितब्ययी हिसाबले डिपिङ टंकी बनाउने र प्रयोग गर्ने सम्बन्धी प्राविधिक तालिम कृषकहरुका लागि उपभोगी भएको बताउनुभयो । च्याङग्रापालक कृषक समेत रहेका वडा अध्यक्ष गुरुङले फल्याक गाउँको नजिकै निर्माण भएको स्थायी डिपिङ टंकी प्रयोगमा ल्याउन त्यहाँ पानी लैजाने पाइप उपलब्ध गराउन संघलाई प्रस्ताव गर्नुभयो ।


वडा अध्यक्ष गुरुङका अनुसार फल्याक गाउँमा बसोबास गर्ने करिब ६० घरपरिवार मध्य १९ घरपरिवारको ब्यवसायिक च्याङग्रा फार्म छ । घरघरमा थोरै संख्यामा च्याङग्रा पाल्नेहरु पनि छन् । फल्याकमा करिब पाँच हजार च्याङग्रा रहेका वारागुुङ मुक्तिक्षेत्र–५ मा कार्यरत पशु स्वास्थ्य प्राविधिक समिक्षा कडायतले बताउनुभयो ।

कृषक शान्ति मेन्दोक गुरुङले खेतबारीको लागि आवश्यक पर्ने पाङग्रारिक मल आपुुर्ति र मासुका लागि बिक्री गर्न पालिने च्याङग्राको शरिरमा भएको भुुवाले बजार पाउन थालेपछि कृषकहरुले अतिरिक्त आम्दानीको अवसर पाएका बताउनुभयो ।

Annapurna aarohan ko notice

मुुस्ताङ र डोल्पाको छार्काका कृषकले वि.स. २०७९ मा तीन हजार किलोग्राम, २०८० मा दुई हजार किलोग्राम र २०८१ मा दुई हजार दुई सय किलोग्राम भुुवा बिक्री गरेका छन् । कृषकहरुबाट पश्मिना उद्योगीले प्रतिकिलो रु. चार हजार पाँच सयका दरले भुुवा खरिद गर्छन् । मुस्ताङमा पालिएका ३० प्रतिशत च्याङग्राको मात्र भुवा निकाल्ने गरिएको छ ।

सबै च्याङग्राको भुुवा निकाल्न सकेमा वार्षिक दश हजार किलोग्राम भुुवा उत्पादन हुुने अनुुमान छ । मुस्ताङी च्याङग्राको भुुवाको गुुणस्तरको दिगोपनाका लागि पश्मिना उद्योग संघ मार्फत कृषक स्तरमा विभिन्न कार्यक्रम सञ्चालन गरिएको अन्तराष्ट्रिय ब्यापार केन्द्रका परामर्शदाता सिचन श्रेष्ठले बताउनुभयो ।

प्राकृतिक रुपमा विरलै उत्पादन हुने च्याङग्राको भुवाबाट मात्रै प्रत्येक वर्ष सानो परिमाणमा उत्पादन गरिने पश्मिनाको व्यावसायिक माग बढ्दो छ । राम्रो गुणस्तरको च्याङ्ग्रा पश्मिनाका लागि आकर्षक मुल्य तिर्न नेपाली खरीदकर्ता तयार भएकाले च्याङ्ग्रापालक कृषकहरुले राम्रो आम्दानी गर्न सक्ने सम्भावना रहेको परामर्शदाता श्रेष्ठले बताउनुभयो ।

नेपालबाट बिदेश निर्यात हुने प्रमुख बस्तु पस्मिना बनाउन च्याङग्राको भुवा प्रशोधन गराएर बनाएको धागो कच्चा पदार्थको रुपमा प्रयोग हुन्छ । संघका अनुसार नेपालबाट वार्षिक रु. छ अरबको पस्मिना निर्यात हुन्छ भने वार्षिक रु. पाँच अरब मूल्य बराबरको चार सय टन पस्मिना बनाउन आवश्यक पर्ने भुवाको धागो आयात हुन्छ । ठमेल, भक्तपुर, पाटन, सौराह, पोखरा, नगरकोट लगायत पर्यटकीय स्थलमा घुम्ने आउने पर्यटकहरुले रु. एक अर्ब ५० करोड मूल्य बराबरको पश्मिना किनेर लैजाने गरेका छन् ।

फल्याकका कृषक छिरिङ ल्यामो गुरुङका अनुसार बजारको सुनिश्चितता, किसानहरुलाई फुर्सद नहुने र दक्ष जनशक्तिको अभावमा यसअघि ऊन निकाल्ने गरिएको थिएन् । शरिरबाटै झरेर खेर जाने गरेको थियो । बजार सुनिश्चित गरेका पश्मिना व्यवसायीहरुले च्याङग्राको भुुवा निकाल्न दक्ष जनशक्ति समेत ब्यवस्था गरेकाले बिहिबार देखि भुवा निकाल्ने तयारी भएको कृषक गुरुङले बताउनुभयो ।

बैशाख–जेठ महिना च्याङग्राको शरिरबाट भुवा निकाल्ने याम हो । च्याङग्राको भूवा पस्मिनाका लागि (क) श्रेणीको कच्चा पदार्थ हो । भेडा र चौरीको तुलनामा च्याङग्राको भुवालाई गुणस्तरीय मानिएको छ । डेढ वर्षअघि मुुस्ताङबाट नमुना संकलन गरेर मंगोलीयाको प्रयोगशालामा लगेर च्याङग्राको भुवाको गुुणस्तर परिक्षण गरिएको थियो । प्रयोगशालाको प्रतिवेदन अनुुसार मुस्ताङी च्याङग्राको भुवा पश्मिनाका लागि उपयुक्त मानिएको छ ।

पश्मिना ब्यवसायीहरु आवद्ध नेपाल फाइवर प्रोसेसिङ उद्योगले लोमान्थाङमा भूवा संकलन र काठमाडौमा प्रशोधन केन्द्र स्थापना गरेको छ । नेपाल च्याङग्रा पश्मिना रिसर्च एण्ड एग्रो टुरिजम प्रा.ली.ले कृषकहरुलाई भुवा निकाल्न प्रेरित, संकलन र पश्मिना उद्योगीहरुलाई बिक्रीको लागि सहजिकरण गरेको छ । प्रा.ली.ले लोमान्थाङमा नमुना च्याङग्रा फार्म सञ्चालन गरेको छ ।

मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङ लगायतका ठाउँका कृषकहरुले व्यवसायिक च्याङग्रा पालन गरेका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मुस्ताङका अनुसार ५२ हजार च्याङग्रा पालिएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...