
बेनी, ः बागलुङको ताराखोला र चितवनको भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ ।
असल अभ्यास आदानप्रदानका लागि दुई स्थानीय तहले भगिनी सम्बन्ध कायम गरेका हुन् । भरतपुर पुगेका ताराखोला र भरतपुरका जनप्रतिनिधीहरुबीच भगिनी सम्बन्धको प्रस्ताव पत्रमा सोमबार हस्ताक्षर गरि आदानप्रदान गरिएको छ ।

प्रस्तावपत्रमा भरतपुर महानगरका प्रमुख रेणु दाहाल, उपमेयर चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल र ताराखोलाको तर्फबाट अध्यक्ष धनबहादुर विश्वकर्मा, प्रमुख प्रशासकीय अधिकृत सुर्य विश्वकर्माले हस्ताक्षर गर्नुभएको छ ।

कृषि, पर्यटन, शुसासन, पूर्वाधार विकासका क्षेत्रमा भएका असल अभ्यास आदान गर्ने भगिनी सम्बन्धको उद्देश्य रहेको छ । ताराखोला गाउँपालिकाको तर्फबाट सहिद तथा वेपत्ता स्मृति पार्क र नेपाल मावि ताराको विद्यालय बस परियोजनामा सघाउन भरतपुर महानगरपालिकालाई प्रस्ताव गरिएको छ ।

