राहुघाट जलविद्युत आयोजना निर्माणलाई तिब्रता दिन निर्देशन

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

म्याग्दी, ः उर्जा मन्त्रालयको उच्च स्तरीय टोलीले नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्धारा म्याग्दीमा सञ्चालित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको आइतबार स्थलगत अनुगमन गरेको छ ।

नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तव, उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयका उर्जा सचिव सुरेश आचार्य र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आयोजना अनुगमनपछि निर्माणलाई गति दिन ठेकेदार कम्पनीका प्रतिनिधीहरुलाई निर्देशन दिनुभयो ।

राजदुतावास, मन्त्रालय र प्राधिकरणको नेतृत्वबाट स्थलगत निरिक्षण गरेर निर्माण कार्यलाई जति सक्दो छिटो सम्पन्न गराउन निर्देशन प्राप्त भएको रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताउनुभयो ।

Shreekrishna

वि.स. २०८२ असार १५ गतेभित्र सम्पन्न गर्ने कार्ययोजना अनुसार आयोजना निर्माण अघि नबढेपछि भारत सरकार, उर्जा मन्त्रालय र विद्युत प्राधिकरणले चासो देखाएका हुन् । हालसम्म ७९ दशमलब ५० प्रतिशत भौतिक प्रगति भएको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एशोसियट्स र इलेक्ट्रोमेकानिकल ठेकेदार भेलले सन् २०२५ डिसेम्बर ३१ सम्मको समय मागेका छन् ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

४५ महिनामा सम्पन्न गर्ने लक्ष्य सहित सन् २०१७ को नोभेम्बरमा ठेक्का सम्झौता भएको सिभिल ठेकेदारको तेस्रो पटक थप भएको म्याद सन् २०२५ जुन २७ सकिदैछ् । अनुगमनमा आएको टोलीसँग जयप्रकाशका व्यवस्थापक हरिश अग्रवाल र भेलका प्रतिनिधी हर्ष बर्दनले म्याद थपको प्रस्ताव गर्नुभएको थियो ।

राजदुत श्रीवास्तव, उर्जा सचिव आचार्य र प्राधिकरणका निर्देशक शाक्यले पटक पटक म्याद थप गर्दा समेत सन्तोषजनक काम हुन नसकेकोप्रति असन्तुष्टि जनाउदै प्रस्तावित म्याद भित्र सम्पन्न गर्ने कार्ययोजनाप्रति विश्वास गर्ने वातावरण बनाउन ठेकेदार कम्पनीका प्रतिनिधीलाई निर्देशन दिनुभयो ।

रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा न. ५ झिँ को फेदीमा बाँध, छ किलोमिटर दुई सय ७० मिटर लामो मुख्य सुरुङ र तिल्केनीचौरमा विद्युतगृह निर्माणको काम ९० प्रतिशत सकिएको छ । विद्युतगृहको उपकरण जडान र स्विचयार्ड निर्माणमा भएको ढिलाईप्रति टोलीले चासो व्यक्त गरेको छ ।


निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारुपमा राहुघाट जलबिद्युत आयोजना सञ्चालन गरिएको हो ।
कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आईभिआरसिएल सँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारुपमा राहुघाट जलबिद्युत आयोजना निर्माण अघि बढाइएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...