
बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतको चौथो अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।
रोजगारी र विभिन्न पेशा ब्यवसायको शिलशिलामा कुवेतमा रहेका म्याग्देलीहरु आवद्ध संघको अधिवेशनबाट दिपक छन्त्यालको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । बरिष्ठ उपाध्यक्षमा निर्मला पुन, प्रथम उपाध्यक्षमा गंगाधर गौतम, दितृय उपाध्यक्षमा बिमल पुन, तृतीय उपाध्यक्षमा चुनबहादुर रोका, महिला उपाध्यक्षमा गौदेवी फगामी र महासचिवमा सुवास सापकोटा चयन हुनुभएको छ ।
सचिवमा चोकेन पुनमगर, सहसचिवमा राजेश रोका, उपसचिवमा कविता सुनार, प्रवत्तामा सबिन खत्री, कोषाध्यक्षमा तार्जुन पुन, सहकोषाध्यक्षमा चिबिन घर्ती, युवा संयोजकमा बलराज घतीृ छन्त्याल र भलिबल म्यानेजरमा मानबहादुर सुनार रहनुभएको छ ।
सदस्यहरुमा सिता देवी खड्का, गोकुल बुढाथोकी, पारस फगामी, श्याम लाल परियार, रामबहादुर बिक, गिता सुनार, तुलबहादुर खत्री, ओमकार पुन, सुर्य पटेल, मिनबहादुर घर्ति रहनुभएको छ ।


यामबहादुर पुन, जगेन्द्र बुढाथोकी, पदम पुन र नरबहादुर बिकलाई सदस्यमा मनोनित गरिएको छ । मानबहादुर फगामी प्रमुख संरक्षक, नन्द बरुवाल संरक्षक, तेजिन्द्र श्रेष्ठ प्रमुख सल्लाहकार, चन्द्र गोतामे र मनदेवी गुरुङ सल्लाहकारमा चयन हुनुभएको छ ।
कुवेतका नेपाली राजदुत सुजन बिदारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष राज मल्ल ठकुरी, नेपाल मगर संघ कुवेतका अध्यक्ष जय आलेमगर लगायतको उपस्थिति रहेको थियो ।
तृतीय उपाध्यक्ष गंगाधर गौतम (बाबुराम)ले स्वागत गर्नुभएको कार्यक्रममा राजदुत बिदारी, मनकामना मिडियाका अध्यक्ष सुरेश गुरुङ, संरक्षक मानबहादुर फगामी, सल्लाहकार मनदेवी गुरुङ लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा कलाकारहरु सुजन रोका, पविता मगर, कविता बराईलीले नृत्य र गायक राजेश रोकामगर, लोक गायक शुशिल परियारले गित प्रस्तुत गर्नुभएको थियो ।
