मालिकामा खानेपानी सुविधा

Gandaki Kotihome

बेनी । म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा रहेको धार्मिक पर्यटकीय स्थल मालिका धुरीमा खानेपानीको सुविधा पु¥याइएको छ ।

समुन्द्रि सतहदेखि तीन हजार तीन सय मिटर उचाईमा रहेको मालिका धुरीमा खानेपानी सुविधा नहुँदा भक्तजन र पर्यटकहरुलाई समस्या भएको थियो । मालिका गाउँपालिकाले उपल्लो जुके गोविनीको मुहानबाट मालिका धुरी देखि एक सय ५० मिटर तल सम्म पाइप मार्फत पानी ल्याएको हो ।

गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले चालु आर्थिक वर्षमा बिनियोजन भएको रु. सात लाख बजेटबाट मुहान देखि मालिका धुरीको नजिकैसम्म पाइप मार्फत पानी ल्याइएको जानकारी दिनुभयो ।

Upper Myagdi transmition line notice

“पाइप जडान गरेर पानी ल्याउने योजना सफल भएको छ,” उहाँले भन्नुभयो “मुहान र पाइपलाईनलाई ब्यवस्थित गर्दै अहिले पानी ल्याएको ठाउँदेखि लिफ्ट गरेर धुरीमै पानी पु¥याउन आगामी वर्षको योजनामा निरन्तरता दिन्छौ ।”

Annapurna aarohan ko notice

मालिका धुरीका भक्तजन र पर्यटकहरुले करिब एक घण्टा तल पुगेर खानेपानी, खाना पकाउन र सरसफाईका लागि आवश्यक पर्ने पानी ड्रम, ग्यालीन र बोत्तलमा ओसार्ने गरेका थिए । आश्रयस्थलको जस्ताको छानोबाट बर्खाको पानी र हिउँलाई ड्रममा संकलन गरेर खानेपानी आपुर्तिको वैकल्पिक ब्यवस्था मिलाइएको थियो ।

रघुगङ्गा गाउँपालिकाको देउरालीमा पनि हालै खानेपानी पु¥याइएको छ । मालिकामा हरेक वर्षको चण्डी (वैशाख पूर्णिमा), भाइटिका र बालाचर्तुदर्शीका दिन धार्मिक मेला लाग्ने गर्छ । बीसभन्दा बढी हिमशृङ्खला, सूर्योदय, म्याग्दीका ३५ भन्दा बढी गाउँ, लालीगुराँस, वन्यजन्तु, पक्षीको अवलोकन गर्न सकिने मालिकाको धार्मिक महत्व छ ।

दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्क्षा पूरा हुने जनविश्वास छ । मालिका, कालिका र जाल्पादेवीको मूर्ति रहेको मालिका थानमा भाकल पूरा भएमा बोका र परेवाको बलि चढाउने चलन छ । विसं १९१० देखि मालिकामा पूजाआजा हुन थालेको इतिहास छ ।

मालिका गाउँपालिकाको बिम तर्फबाट नागीथलासम्म पुगेको सडकबाट ३० मिनेट पैदलयात्रा गरेपछि मालिका धुरीमा पुगिन्छ । रघुगङ्गा गाउँपालिकाको ठाडाखानी तर्फबाट देउराली सम्म गाडी र त्यसपछि ४० मिनेट पैदलयात्रा गरेपछि मालिका धुरीमा पुगिन्छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...