सुर्यमुखी खेतीले रत्नेचौरमा पर्यटक लोभिए

Shreekrishna hardware

कुशल शर्मा
रत्नेचौर, । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा गरिएको सुर्यमुखीको खेतीले पर्यटक लोभ्याएको छ ।

रत्नेचौरको फाँटमा मकै बालीसँगै स्थानीय बालकुमार कार्कीले लगाउनुभएको सुर्यमुखी फुल्न थालेपछि बेनी, बागलुङ, कुश्मा र वरपरका गाउँबाट आएका मानिसहरुको चहल पहल बढेको हो ।

सुर्यमुखीको फुल अवलोकन गर्ने र तस्विर खिचाउने, भिडियो बनाउनेहरुको चहलपहल बढ्न थालेको छ । दैनिक २० देखि ३० जना सुर्यमुखी अवलोकन गर्न आउने गरेका छन् । दुई वर्षअघि देखि रत्नेचौरमा सुर्यमुखी खेती भएको थियो । गत वर्ष छ जनाले सुर्यमुखी खेती गरेकोमा यसपाली कार्कीले मात्र निरन्तरता दिनुभएको हो ।

Shreekrishna
Ban devision notice

पुष–माघ महिनामा रत्नेचौरको फाँटमा तोरी फुल्दा पनि त्यहाँ आन्तरिक पर्यटकको ओइरो लाग्ने गर्छ । रत्नेचौर आउने पर्यटकहरुले मौलिक पोशाक लगाएर तस्विर भिडियो बनाउँछन् । रत्नेचौरको महिला सहकारीले पोषाक भाडामा लगाउछ । एक पटकको रु. दुई सय भाडा तोकिएको छ ।

सडक कालोपत्र हुनु, सामाजिक सञ्जाल र आम सञ्चार माध्यमका कारण रत्नेचौर चर्चामा छ । समथर फाँट र बस्ति रहेको रत्नेचौरको पृष्ठभूमिमा धौलागिरि हिमाललाई अवलोकन गर्न सकिन्छ ।

कालोपत्रे सडकको दायाँ र बायाँका फाँटमा पहेँलपुर फुुलेको सुर्यमुखीकोे पृष्ठभूमिमा हिमाल हेर्न पाउनुु रत्नेचौरको विशेषता हो । सामाजिक सञ्जालमा देखेको दृष्य र तस्विरबाट लोभिएर रत्नेचौर घुम्न आउँछन् ।

बेनी र बाग्लुङ बजारदेखि १५–१५ मिनेटको सवारी यात्रापछि पुगिने रत्नेचौर घुुम्न बालबालिका, युुवा युवती देखि पाका उमेरका पनि आउँछन् । म्याग्दी, बाग्लुङ, पर्वत र कास्कीका साथै मुुस्ताङ जाने र फर्कने पर्यटकहरु रत्नेचौरमा रमाउँछन् ।

रत्नेचौर देखि बागलुङको कुडुले जोड्ने ३८८ मिटर लामो झोलुङ्गे पुल पनि निर्माण भएकाले रत्नेचौर घुम्नेहरुका लागि नयाँ आकर्षण थपिएको छ । श्रीलक्ष्मीहरि मन्दिर, लामो झोलुुङ्गे पुल, बुढोपोखरी रहेको रत्नेचौरको प्रशस्त पर्यटकीय सम्भावना छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...