म्याग्दीमा गणतन्त्र दिवस मनाइयो

Gandaki Kotihome

बेनी, । म्याग्दीमा बिहिबार विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवस–२०८२ मनाइएको छ ।
गणतन्त्र दिवस मुल समारोह समितिको आयोजनामा बेनी बजारमा प्रभातफेरी र कोणसभा भएको थियो भने स्थानीय तह तथा सामाजिक संघ संस्थाहरुले पनि गणतन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय अगाडीको गणतान्त्रिक चोकबाट सुरु भएको प्रभातफेरी हुलाकचोक, न्युरोड, क्याम्पसचोक, अस्पतालचोक, पिपलचोक, गणेशटोल, संगमचोक, बालमन्दिरचोक हुदै पुन सोही ठाउँमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, बेनी नगरपालिकाका प्रमुख सुरत केसी लगायत जनप्रतिनिधी, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल लगायत सुरक्षा अधिकारी र कर्मचारीहरुको सहभागिता थियो ।

Upper Myagdi transmition line notice

जिल्ला समन्वय समितिका शाखा अधिकृत अमृत सुवेदीले सञ्चालन गर्नुभएको कोणसभामा कार्यबाहक जिसस प्रमुख खत्रीले धन्यवाद सहित समापन गर्नुभएको थियो । यसैगरी स्थानीय तहहरुले पनि विभिन्न कार्यक्रम आयोजना गरेर गणतन्त्र दिवस मनाएका छन् ।

Annapurna aarohan ko notice

लोक दोहोरी गित प्रतिष्ठानले विद्यालय स्तरीय लोक गित प्रतियोगिता आयोजना गरेको छ । म्याग्दी जेसीजले आफ्नो स्थापना दिवसको समेत अवसरमा जिल्ला स्तरीय अन्तर मावि लोक नृत्य प्रतियोगिता आयोजना गरेको छ ।

बि.सं. २०६५ जेठ १५ गते जन निर्वाचित संविधान सभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरंकुश राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ ।

तत्कालीन सात राजनीतिक दलले निरंकुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र संघर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ ।

जेठ १५ गतेकै दिन नेपाली जनतालाई स्वतन्त्रता, उदार सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्रसहित नागरिक सर्वोच्चता प्राप्त भएको थियो । गणतन्त्र दिवस वंशीय तन्त्रलाई जनताले जितेको उत्सव पनि हो । संघीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जान जनतालाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको छ ।
नागरिकका समस्या शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, सामाजिक सुरक्षाको प्रत्याभूतिसहित गरिबीको अन्त्यसँगै विश्व मञ्चमा नेपाल र नेपालीको प्रतिष्ठालाई उँचो बनाउन पर्ने लोकतान्त्रिक गणतन्त्रको प्रथम कार्यभार रहेको छ । जनअपेक्षा र जनभावनाअनुरूप चल्नु नै गणतान्त्रिक संविधानको मूल भावना भएकाले आम नागरिकको अधिकारप्रति अटुट आस्था राख्दै यो दिवसलाई लोकतन्त्रको पोषकका रूपमा स्थापित गर्न पनि उत्तिकै आवश्यक छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...