रत्नेचौरमा पशु स्वास्थ्य शिविर

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

कुशल शर्मा
रत्नेचौर । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा सोमबार निःशूल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

बेनी नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा बाँझोपन निवारण तथा पशु स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा एक सय ४७ जना कृषकहरुले पालेका करिब पाँच हजार पशुपंक्षीहरुलाई कृषकले जानकारी गराएको लक्षणका आधारमा औषधि वितरण गरिएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

औषधी वितरण, परामर्शको साथै कृषकको गोठमै पुगेर पनि औषधी उपचार गरिएको बेनी नगरपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रदिप गौतमले बताउनुभयो । बेनी नगरपालिकाका पशु चिकित्सक डा. आशिस सापकोटा, प्राविधिक गौतम, सुर्यलाल नेपाली र हरिकृष्ण पौडेलको टोलीले सेवा दिनुभएको थियो ।

Shreekrishna

वडा अध्यक्ष टेकबहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । यसअघि बेनी नगरपालिका वडा नं ४ सिंगामा शिविर सम्पन्न भएको थियो । वडा कार्यालयले बिनियोजन गरेको बजेटबाट पात्लेखेतमा पनि पशु स्वास्थ्य शिविर आयोजना गर्ने तयारी भएको छ ।

कृषकहरुलाई पशुपंक्षीको स्वास्थ्यका बिषयमा सचेत र संवेदनशिल बनाउनुका साथै गाउँघरमै प्राविधिक सेवा उपलब्ध गराउने उद्देश्यले शिविर गरिएको वडा अध्यक्ष थापाले बताउनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...