म्याग्दीमा गणतन्त्र दिवसको तयारी

Shreekrishna hardware

बेनी, । म्याग्दीमा १८ औ गणतन्त्र दिवस त्रिदिवसीय कार्यक्रम गरेर मनाइने भएको छ । जिल्ला समन्वय समितिका प्रमुख डिलकुमारी खत्रीको अध्यक्षतामा सोमबार बेनीमा बसेको गणतन्त्र दिवस–२०८२ मुल समारोह समितिको बैठकले जेठ १४, १५ र १६ गते विभिन्न कार्यक्रमका साथ दिवस मनाउने निर्णय गरेको हो ।

जेठ १४, १५ र १६ गते जिल्ला स्थित सम्पूर्ण सरकारी कार्यालय तथा संघ संस्थाहरुले कार्यालय परिसरमा राष्ट्रिय झण्डा सजाउने र साँझ घरघरमा दीप प्रज्ज्वलन गर्ने, १४ गते विहान ८ बजे नेपाल रेडक्रस सोसाईटी, प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दी र म्याग्दी जेसीजको व्यवस्थापनमा बेनी अस्पतालमा रक्तदान कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।

जेठ १५ गते विहान साढे सात बजेदेखि जिल्ला स्थित राजनैतिक दल, जनप्रतिनिधि, राष्ट्रसेवक, सुरक्षानिकाय, कर्मचारी, संघसंस्थाका प्रतिनिधिहरुको वृहत उपस्थितिमा प्रभातफेरी कार्यक्रम संचालन गरिने भएको छ । १५ गते दिउँसो राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीको आयोजनामा अन्तरमावि लोक गीत प्रतियोगिता संचालन हुनेछ् ।

Shreekrishna
Ban devision notice

१५ गतेको साँझ गैरसरकारी संस्था महासंघको व्यवस्थापनमा विरेन्द्रचोकमा गणतन्त्रको प्रतिक राष्ट्रिय झण्डाको आकार बनाई दीप प्रज्ज्वल गर्ने कार्यक्रम तय गरिएको छ । यसैगरि १६ गते विहान जनप्रतिनिधि, राजनैतिक दल, कर्मचारी, संघसंस्थाको प्रतिनिधिहरुको उपस्थिति सहित डिभिजन वन कार्यालयको व्यवस्थापनमा बेनी नगरक्षेत्र भित्र वृक्षारोपण गरिने भएको छ ।

गणतन्त्र दिवसको प्रचारप्रसारको जिम्मेवारी नेपाल पत्रकार महासंघको समन्वयमा जिल्ला स्थित सम्पूर्ण संचारमाध्यमहरुलाई दिईएको छ । नेकपा माओवादीको अगुवाईमा भएको दश वर्षे जनयुद्ध, जनआन्दोलन २०६२÷६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

दुई सय ३८ वर्ष लामो शाहवंश राजा शाषनको औपचारिक अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाउँदै आएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...