रघुगङ्गामा ९५ जनाको मोतियाबिन्दुको शल्यक्रिया

Shreekrishna hardware

बेनी,। म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ९५ जना मोतियाबिन्दुका बिरामीहरुको निशूल्क शल्यक्रिया भएको छ ।

तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा रघुगङ्गा गाउँपालिकाले बिहिबार र शुक्रबार मौवाफाँटमा निशूल्क शल्यक्रिया शिविर सञ्चालन गरेको थियो । शिविरमा ९५ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको रघुगङ्गा गाउँकार्यपालिकाका प्रवत्ता तथा वडा नं.–६ का वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले जानकारी दिनुभयो ।

यसअघि रघुगङ्गाका आठ वटै वडामा आँखा परिक्षण शिविर सञ्चालन गरेर मोतियाबिन्दुका बिरामी पहिचान गरिएको थियो । मोतियाबिन्दुको शल्यक्रिया गरेपछि बर्षौपछि आँखाको ज्योती पाउँदा सर्वसाधारण खुसी भएका छन् ।

Shreekrishna
Ban devision notice

गाउँमै निशूल्क मोतियाबिन्दुको शल्यक्रिया सुविधा पाएपछि सर्वसाधारणलाई अस्पताल पुग्न लाग्ने समय र खर्चको बचत भएको छ । म्याग्दीका बासिन्दाहरु आँखा उपचारका लागि पोखरा जानुपर्छ । पोखरा जान आउन र शल्यक्रिया गर्न कम्तीमा तीन दिन समय खर्चनुपर्ने थियो ।

तिलगङ्गा आँखा प्रतिष्ठानका चिकित्सक इन्दिरा पौडेल नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोलीले सेवा दिनुभएको थियो । जेठ ८ गते उर्जा, जलस्रोत तथा सिचाई राज्यमन्त्री खमबहादुर गर्बुजा (खम्बिर)ले उद्घाटन गर्नुभएको शिविरको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले समापन गर्नुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस