
बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानी गाउँको स्वागत गित र म्युजिक भिडियो तयार पारि सार्वजनिक भएको छ ।
गितमा धारापानी गाउँका रमणीय स्थल, बस्ति, धार्मिक र पर्यटकीय स्थल, कला, संस्कृति, जनजिवनलाई समेटिएको छ । गुर्जा हिमालको सम्मुखमा देखिने धारापानी रमणीय र पर्यटकीय हिसाबले सम्भावनायुक्त गाउँ हो ।

किसानी चन्द्रकुन्ता माविका पूर्व विद्यार्थीहरुले गित र म्युजिक भिडियो बनाएका हुन् । स्थानीय कलाकार झलक बिरहीको शब्द रचना, लय र स्वर रहेको गितको म्युजिक भिडियो शुक्रबार धौलागिरि शुशेली नामक युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।

गितमा झलक बिरही र धर्तीमा थापामगरको स्वर रहेको छ । म्युजिक भिडियोमा अस्मि थापा र सुधिर श्रेष्ठको अभिनय छ । यस गितले धारापानी गाउँको प्रचारप्रसारमा सघाउने अपेक्षा गरिएको छ ।
