
बेनी, । बेनी नगरपालिका वडा नं २ बगरफाँटमा रहेको कोप्रे झरनामा पर्यटकहरुको सुविधाको लागि ‘पार्क’को निर्माण कार्य सुरु भएको छ । निर्माणाधिन उक्त पार्कलाई ‘लभ्ली पार्क’ नामाकरण गरिएको छ
सदरमुकाम बेनी बजार नजिकको कोप्रे झरनामा पर्यटकहरुको आगमन वढ्दै गएपछि उनीहरुको सुविधाका लागि पार्क निर्माण गर्न थालिएको हो । बेनी नगरपालिकाको रु एक लाख ५० हजार लगानीमा पहिलो चरणमा जमिन सम्म्याउने काम सम्पन्न भएको झरना लभ्ली पार्क निर्माण समितिका अध्यक्ष नारायण कार्कीले बताउनुभयो ।

“सदरमुकाम नजिकै नयाँ पर्यटकीय स्थलका रुपमा विकास भएको कोप्रे झरनामा आन्तरिक पर्यटकहरुलाई आकर्षित गर्न बगैंचासहितको आकर्षक पार्क बनाउन लागिएको हो,” उहाँले भन्नुभयो “बस्नका लागि आराम कुर्सी सहित ससाना केटाकेटी, युवायुवती र बृद्धबृद्धाहरुका लागि अनुकुल हुने संरचनाहरु निर्माण गर्ने योजना छ ।”
“चालु आर्थिक वर्षमा नगरपालिकाले जमिन सम्याउनका लागि मात्र बजेट बिनियोजन गरेकोले उक्त बजेटको परिधिमा रही काम सुरु गरेका हौँ, आगामी आर्थिक वर्षमा पार्क निर्माण कार्यलाई पूर्णता दिन्छौं” कार्कीले भन्नुभयो ।
पर्यटकको आगमन बढेसँगै उनीहरुलाई आराम गर्ने ठाउँको अभाव देखिएपछि कार्कीले आफ्नै निजी लगानीमा सत्तल र चौतारी समेत निर्माण गर्नुभएको छ । कोरोनाकालमा पत्ता लागेको कोप्रे झरनामा त्यस पछिका वर्षहरुमा चहलपहल बढ्दै गएको हो । हाल उक्त स्थानमा दैनिक पचासदेखि दुईसय जना पर्यटक आउने गरेका स्थानीय पुरन घिमिरेले बताउनुभयो । उहाँका अनुसार शनिवार र बिदाका अन्य दिन कर्मचारी,व्यापारीलगायत पनि त्यहाँ रमाउन जाने गरेका छन् ।

शिरानमा घना जङ्गल, पुछारमा नागबेली परेर बगेको म्याग्दी नदी, बीचमा कलकल बग्ने दूधेखोला गाउँको बेनी–बगरफाँट–भकिम्ली सडक नजिक अवस्थित यो झरना नजिक पार्क बनेपछि युवायुवती र बालबालिकामात्र नभइ जोकोहीका निम्ति मनोरञ्जनस्थल बन्ने बेनी नगरपालिका २ बगरफाँटका युवा सज्जन जिसीले बताउनुभयो ।
खासगरी त्यहाँ भकिम्ली, ज्यामरुककोट, दुधेखोला, बगरफाँट र बेनीबजार आसपासका क्षेत्रबाट मानिस फोटो र भिडियो पुग्ने गरेका छन् । यो स्थान पछिल्लो समय बेनी बजारका बासिन्दाका लागि ‘मर्निङ वाक’ गर्नेको नयाँ गतव्य पनि बनेको छ । कोप्रे झरना पुग्दा आफूलाई आनन्द भएको मङ्गलाघाटका रमेश फगामीले बताउनुभयो ।
हिउँदमा केही सानो देखिने यो झरना वर्षामा भने निकै आकर्षक हुन्छ । कोप्रे झरनालाई त्यहाँ भ्रमण गर्न जाने कतिपय पर्यटकहरुले ‘वर्षे झरना’ पनि भन्छन । भीरपहराबाट खस्ने झरना देख्दा मन नै फुरुङ्ग हुन्छ । घाम लागेका बेला इन्द्रेणी पर्ने झरनालाई हेँरिरहुँजस्तो लाग्छ । पहाडको टुप्पोबाट जमिनतिर एकनासले खसिरहने झरनाको चिसो पानीमा भिज्न पाउँदा निकै आनन्द आउने पर्यटकसँग अनुभव छ । यो झरना अङ्ग्रेजी अक्षर भी आकारको छ ।
सदरमुकाम बेनीबजारदेखि उत्तरतर्फ म्याग्दी नदी, पूर्व र पश्चिमतर्फको हरियाली फाँट, दक्षिणतर्फ घना जङ्गल रहेको यो ठाउँ प्राकृतिक सौन्दर्यले पनि भरिपूर्ण छ । यसलाई आन्तरिक पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावनाहरु रहेका बेनी नगरपालिका २ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।
कोप्रे झरनाका नजिक पानी उड्ने छहरा, एक सय २६ वर्ष पुरानो ऐतिहासिक घुमाउने चौतारो, बगरफाँटमा तीन रोपनी क्षेत्रफलको विशाल चट्टानमाथि निर्माण गरिएको आकर्षक देवीको मन्दिर, शिवालय, गुफा लगायतका धार्मिक तथा पर्यटकीय स्थल पनि छन् । त्यहाँ पुग्ने प्रकृति प्रेमी पार्क घमेर फर्कन वडाध्यक्ष कार्कीको विश्वास छ ।
शिविरमा बेनी नगरपालिकाका पशु चिकित्सक डा. आशिष सापकोटासहित भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्रका सुवास रेग्मी, दीक्षा भण्डारीले प्राविधिक सेवा उपलब्ध गराउनुभएको थियो । रेडक्रसको साझेदारीमा भइरहेको सामुदायिक जीविकोपार्जन प्रवद्र्धन परियोजनाअन्तर्गत समुदाय स्तरमा विभिन्न किसिमका तालिम पनि भइरहेका नेपाल रेडक्रस सोसाइटी म्याग्दीले जनाएको छ ।
