पशु स्वास्थ्य शिविरबाट एक हजार भन्दा बढी कृषक लाभान्वित

Gandaki Kotihome

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाको चारवटा वडामा सम्पन्न निःशुल्क पशु स्वास्थ्य शिविरबाट एक हजार बढी कृषकहरु लाभान्वित भएका छन । नेपाल रेडक्रस सोसाइटी सामुदायिक जीविकोपार्जन प्रवद्र्धन परियोजना म्याग्दीमार्फत रघुगंगा गाउँपालिका–३, २, ५ र ६ मा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

पशु स्वास्थ्य चिकित्सक र प्राविधिकसहितको टोली वडामा नै आएर पशुको स्वास्थ्य जाँच तथा निःशुल्क औषधि वितरण गरेपछि कृषकहरु खुसी भएका छन । शिविरबाट गाई, भैँसी, बाख्रालगायत कुखुरापालन गरिरहने एक हजार चार सय जना किसानहरुले सेवा लिएका नेपाल रेडक्रस सोसाइटी म्याग्दीका सभापति अमर बानियाँले जानकारी दिनुभयो ।

Annapurna aarohan ko notice

स्थानीय वडाका वडाअध्यक्षको विशेष उपस्थितिमा सम्पन्न शिविरमा किसानहरुले आगामी दिनहरुमा पनि यस्ता शिविरलाई निरन्तरता दिन आग्रह गरेका थिए । रेडक्रसले मानवीय सेवाका साथै गरिब तथा विपन्न वर्गालाई लक्षित गरेर जीविकोपार्जन र आयआर्जनका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकामा धन्यवाद व्यक्त गर्दै रघुगङ्गा गाउँपालिका–३ का वडाअध्यक्ष खिमबहादुर शाहीले वडाले पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने र सेवा प्रदायक संस्थाहरूसँग समन्वय गरेर अघि बढ्ने बताउनुभयो ।

Upper Myagdi transmition line notice

शिविरमा बेनी नगरपालिकाका पशु चिकित्सक डा. आशिष सापकोटासहित भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्रका सुवास रेग्मी, दीक्षा भण्डारीले प्राविधिक सेवा उपलब्ध गराउनुभएको थियो । रेडक्रसको साझेदारीमा भइरहेको सामुदायिक जीविकोपार्जन प्रवद्र्धन परियोजनाअन्तर्गत समुदाय स्तरमा विभिन्न किसिमका तालिम पनि भइरहेका नेपाल रेडक्रस सोसाइटी म्याग्दीले जनाएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...