मंगला, मालिका र धवलागिरीमा राज्यमन्त्री गर्बुजाको जनभेटघाट

Gandaki Kotihome

बेनी, । नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिंचाइ राज्य मन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरबाङ–मुना–जलजला–ढोरपाटन सडक आयोजना समृद्धिको आधार बन्ने बताउनुभएको छ ।

सोमबार प्रदेश सभा (ख)अन्तर्गत धवलागिरी ,मालिका ,मंगला र तातोपानी कुण्ड लगायत विभिन्न ठाउँमा आयोजित बधाई तथा शुभकामना सहित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री गर्बुजाले यस्तो ताउनुभएको हो ।

काठमाडौँ र पोखराबाट बेनी हुँदै ढोरपाटन र पूर्वीरुकुम जोड्ने मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको यो सडक छोटो दूरीको हो । ‘मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको दरबाङ–मुना–ढोरपाटन–पुर्वी रुकुम जोड्ने सडक आयोजना पश्चिम म्याग्दीको लाइफ लाइन हो । समृद्धिको आधार पनि हो,’ कांग्रेस म्याग्दीका सभापति समेत रहनुभएका राज्यमन्त्री गर्बुजाले भन्नुभयो ,‘संघ र प्रदेश सरकारको साझेदारीमा यो आर्थिक वर्षभित्र जोड्ने लक्ष्यका साथ निर्माण भइरहेको मुनादेखि ढोरपाटन जोड्ने सडक आयोजना अन्तिम चरणमा पुगेको छ । भने दरबाङदेखि मुना सम्म कालोपत्र गर्न लागि भित्र एक अर्बको ठेक्का अन्तिम चरणमा पुगेको छ ।’

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

यो आयोजना निर्माण भएपछि म्याग्दी सहित बागलुङ, पुर्वी रुकुमका साथै डोल्पाली नागरिकको समेत जीवनस्तर उकास्न ठुलो सहयोग पु¥याउने उहाँले बताउनुभयो । केही विकास भएन भनेर निराश नहुन आग्रह गर्दै उहाँले भन्नुभयो,‘हामी निर्वाचित भएर आएपछि जिल्लाकै दुर्गम गुर्जा गाउँ जोड्ने सडक निर्माण अन्तिम चरणमा छ । अन्य ठुला सडक खानेपानी, सिंचाइ लगायत पुर्वाधार विकासका कामहरु धमाधम भइरहेका छन् ,’उहाँले थप्नुभयो ।

यसैगरी उहाँले जिल्लाभित्र निर्माणाधिन जलविद्युत आयोजना बनेपछि जिल्ला र देशलाई ठुलो आर्थिक सहयोग पुग्ने बताउँदै समयमै सम्पन्न गर्नका लागि आफुले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । मन्त्री गर्बुजाले नदी कटान र बाढीका कारण हुने क्षती रोक्न नदी कटानको उच्च जोखिममा रहेका दरबाङ, तातोपानी बजार, बेनी बजार, गलेश्वर क्षेत्र, राममन्दिर र पर्वत बेनी आसपासका बस्तीलाई संरक्षण गर्न नदी नियन्त्रणका आयोजना निर्माण भइरहेको र आगामी आर्थिक वर्षमा थप आयोजना संचालन हुने बताउनुभयो ।

धवलागिरी गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुन मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै थप विकास आयोजना ल्याउन र साझेदारीमा निर्माणाधिन योजनालाई बजेट पठाउन सहयोग गर्न आग्रह गर्नुभएको थियो । राज्यमन्त्री संगै मन्त्रालय अन्तर्गत सिंचाइ विभागका डिडिजी सन्तोष कैनी, सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना प्रमुख विदुर श्रेष्ठ लगायतले सहभागि हुनुहुन्थ्यो ।
धवलागिरी गाउँपालिका उपाध्यक्ष रेशम पुन, मालिका गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुन ,मंगला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्मा , संविधान सभा सदस्य रेशमबहादुर बानियाँ, कांग्रेस म्यादीका उपसभापतिद्धय हरिकुमार श्रेष्ठ र केवी भण्डारी ,कांग्रेस प्रदेशसभा (ख) कार्यसमिति सभापति टंकप्रसाद पुन लगायत स्थानीय नेता तथा कार्यकर्ता लगायतले बोल्नुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...