माझफाँट–लेकफाँट सडक कालोपत्र

Gandaki Kotihome

बेनी ः पर्वतको जलजला गाउँपालिकाको माझफाँट–लेकफाँट सडक कालोपत्र भएको छ ।

संघीय सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ आयोजना कार्यक्रम मार्फत जलजला गाउँपालिका–३ माझफाँटको भुरतुला देखि वडा नं.–५ लेकफाँटको गिद्धेश्वर सम्म सात किलोमिटर पाँच सय मिटर कालोपत्र भएको हो ।

यो सडक जलजला गाउँपालिकाको १, २, ३, ४ र ५ का साथै म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका वडा नम्बर ८ का बासिन्दाले प्रयोग गर्छन् । दुई लेन फराकिलो बनाइएको सडकको एक किलोमिटर चार सय मिटर ढलान भएको जलजला गाउँपालिका–५ का वडा अध्यक्ष तिलक जिसीले बताउनुभयो ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

“ट्याक खुलेको १५ वर्षपछि सडक कालोपत्र भएको हो,” उहाँले भन्नुभयो “स्तरोन्नति भएपछि एक घण्टा ३० मिनेटको यात्रा अवधी २५ मिनेटमा छोटिएको छ ।” डिबिएसडी प्रबिधिको कालोपत्र गर्न सडक डिभिजन कार्यालय पोखराले वि.स. २०७९ मा रायमाझी कन्ट्रक्सनसँग रु. २५ करोड ९७ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

जलजला गाउँपालिकाले बेनी देखि भुरतुला सम्मको दुई किलोमिटर सडक स्तरोन्नति गरेको छ । गिद्धेश्वर देखि फलामेडाडा हुदै नागी–राम्चेतर्फ सडक स्तरोन्नतिका लागि संघीय र प्रदेश सरकारमा पहल गरिएको वडा अध्यक्ष जिसीले बताउनुभयो ।

सडक कालोपत्र भएपछि आवत जावतका साथै कृषि र पशुजन्य बस्तुको निकासी तथा निर्माण र दैनिक सामग्री ढुवानीमा सहज भएको छ । लेकफाँट, शालिजा, नागी र राम्चेमा ब्यवसायिक तरकारी तथा आलु खेती हुने गर्छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...