
बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका– ५ मल्कबाङमा आफ्नै घरमा बस्ने कामदारको हत्या आरोपमा एक दम्पती पक्राउ परेका छन । आफ्नै घरमा काम गरी बस्ने ४६ बर्षका मनबहादुर दमाईको हत्या गरेको आरोपमा स्थानीय बलबहादुर दमाई र कर्मती दर्जी दम्पती पक्राउ परेका हुन् ।

गत वैशाख २८ गते मल्कबाङको खाम्चा स्थित जंगलमा मनबहादुरको हत्या गरेर फालेको अवस्थामा शब फेला परेको थियो । हत्या आरोपी दम्पतीलाई शुक्रवार प्रहरीले सार्वजनिक गरेको छ । जंगलमा शब फेला परेपछि अनुसंधानको क्रममा बलबहादुरको दम्पतीले हत्या गरी शब लुकाएको भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक सागर पौडेलले जानकारी दिनुभयो ।
आफ्नै घरमा बस्ने कामदारलाई दम्पतीले बाँउसोको बिँडले टाउको र शरिरका विभिन्न भागमा प्रहार गरी हत्या गरेपछि घटनालाई लुकाउनका लागि जंलमा लगेर फालेको अनुसंधानबाट खुलेको प्रहरी निरिक्षक पौडेलले बताउनुभयो । हत्या आरोपमा पक्राउ परेका दम्पतीलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसंधान र कारबाही प्रकृया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
