बालमन्दिरको ५४ औ वार्षिकोत्सव

Gandaki Kotihome

बेनी, । बेनी नगरपालिका–८ कालीपुलमा रहेको बालमन्दिर माध्यमिक विद्यालयले बिहिबार ५४ औ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीको प्रमुख आतिथ्यता, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रराज शर्माको अध्यक्षता र शिक्षक गिता सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रअ सुरेन्द्रप्रसाद केसीले शैक्षिक, भौतिक र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Annapurna aarohan ko notice

यस वर्षदेखि एसइई परिक्षामा बालमन्दिरका विद्यार्थी सहभागी हुन थालेका छन् । हाल दुई सय ७२ जना विद्यार्थी रहेको बालमन्दिरमा पछिल्लो समय विद्यार्थी संख्या बढेको छ । १८ जना शिक्षक कर्मचारी मध्य चार जना शिक्षक र एक जना सुरक्षा गार्ड निजी स्रोतका छन् ।

Upper Myagdi transmition line notice

कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछाने, पुर्व नगरप्रमुख हरिकुमार श्रेष्ठ, वडा नं.–८ का अध्यक्ष उत्तम कर्माचार्य, वडा नं.–७ का अध्यक्ष रमेशकुमार श्रेष्ठ लगायतको उपस्थिति थियो । शिक्षक र विद्यार्थीहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...