तीन जनालाई विकास पत्रकार पुरस्कार

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । म्याग्दीका तीन जना पत्रकारहरुलाई मङगलवार जनही रु. ११÷११ हजार सहित ‘विकास पत्रकारिता पुरस्कार’ वितरण गरिएको छ ।

जिल्ला समन्वय समिति, म्याग्दीको १० औ जिल्ला सभाको अवसरमा म्याग्दी प्रेसका दलप्रसाद विश्वकर्मा (अमित), नेपाल टेलिभिजनका प्रताप बानिया र रिखार दैनिक तथा गण्डकीपत्र डटकमका राकेश शर्मालाई पुरस्कृत गरिएको हो ।

संविधानसभा सदस्य गोविन्द पौडेल, नवराज शर्मा, नरदेवी पुन, रेशमबहादुर बानिया र कार्यबहाक जिल्ला समन्वय समितिका प्रमुख डिलकुमारी खत्रीले नगद, प्रशंसापत्र वितरणका साथै ढोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

तत्कालीन जिल्ला विकास समितिले स्थापना गरेको रु. तीन लाख राशीको विकास पत्रकारिता अक्षयकोषको ब्याजबाट हरेक बर्ष म्याग्दीमा एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । आर्थिक वर्ष २०७८÷०७९ देखि २०८०÷०८१ सम्मको पुरस्कार विश्वकर्मा, बानिया र शर्मालाई प्रदान गरिएको हो ।

यसैगरी प्राकृतिक स्रोत वित्त आयोगको मूल्याङ्कनमा जिल्लामा उत्कृष्ट भएको बेनी नगरपालिकाका प्रमुख सुरत केसी र उपप्रमुख ज्योती लामिछाने तथा स्थानीय तह वित्तीय जोखिम मुल्याङ्कनमा म्याग्दीका अन्य स्थानीय तह भन्दा बढी अंक प्राप्त गरेको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुन र प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कडेललाई सम्मान गरिएको थियो ।

दुई दिनसम्म सञ्चालन हुने सभाको उद्घाटन कार्यक्रममा बत्ताहरुले म्याग्दीमा विकासका मुद्दामा राजनीतिक दलहरुको एकता रहेको, अधुरा र अलपत्र योजनालाई पूर्णता दिने तथा आवश्वयकताका आधारमा योजना र बजेट व्यवस्थापन गर्न तीन तहका सारकारले सक्रीय भूमिका आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा म्याग्दीमा रहेका संघीय, प्रदेश सरकारका कार्यालय र स्थानीय तहहरुको चालु आर्थिक वर्षको योजना तथा कार्यक्रम कार्यान्वयनको विषयमा समिक्षा गरिएको जिल्ला समन्वय समितिका शाखा अधिकृत अमृत सुवेदीले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...