गौस्वारामा गोर्वद्धनको मुर्ती बनाइने

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । बेनी नगरपालिका–२ गौस्वारामा गोर्वद्धनको ३८ फिट अग्लो मुर्ती निर्माण गरिने भएको छ ।

गौस्वारामा सञ्चालन भएको गोर्वद्धन महायज्ञको समापनका क्रममा मंगलबार मुर्तीको शिलन्यास गर्न लागिएको हो । हिन्दु धर्मावलम्बीहरुका भगवान कृष्णले गोर्वद्धन पर्वत उचालेको मुर्ती बनाउन लागिएको महायज्ञको आर्थिक संकलन उपसमितिका संयोजक समेत रहेका बेनी नगरपालिका–२ का पुर्व अध्यक्ष हिराबहादुर थापाले जानकारी दिनुभयो ।

“टाढाबाट पनि देख्न सकिने गरेर गोर्वद्धनको मुर्ती र आठ फिट अग्लो शंख राख्ने मुक्तीनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यको परिकल्पना अनुसार महायज्ञ समापनका दिनदेखिनै काम थाल्न लागेका छौ,” उहाँले भन्नुभयो “गौस्वाराको धार्मिक पर्यटन विकास गर्ने मुर्ती स्थापना गर्नुको मुख्य उद्देश्य हो ।”

Shreekrishna

महायज्ञको १४ औ दिनसम्म रु. ७५ लाख नगद संकलन भएको उहाँले जानकारी दिनुभयो । बेनी नगरपालिकाले रु. दश लाख र वडा नं.–२ को कार्यालयले पूर्वाधार निर्माणका लागि रु. पाँच लाख बजेट बिनियोजन गर्ने घोषणा गरेका छन् । दिपक मल्लले १७ रोपनी १४ आना जग्गा प्रदान गर्नुभएको छ । समापनसम्म सहयोग रकम बढ्ने अपेक्षा गरिएको थापाले बताउनुभयो ।

मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यको संकल्पमा यही वैशाख १५ गतेदेखि सुरु भएको महायज्ञको मंगलबार बेनीको भाषा मंका खलको सभाहलमा महाप्रसाद वितरण गरेर समापन गरिने भएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

स्थानीय गाई संरक्षणका लागि गौशाला सञ्चालन, आयुर्वेद अनुसन्धान केन्द्र बनाउने र धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न आर्थिक स्रोत जुटाउने र गौस्वाराको विशेषताको बारेमा प्रचारप्रसार गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको आयोजक समितिका सदस्य दिर्घप्रसाद रिजालले बताउनुभयो ।

समुन्द्रि सतहदेखि करिब दुई हजार मिटर उचाईमा रहेको गौस्वाराको महायज्ञ स्थलबाट हिमशृङखला, म्याग्दी, पर्वत र बागलुङको ग्रामिण बस्तीहरुको अवलोकन गर्न सकिन्छ । धौलागिरि, गुर्जा, अन्नपूर्ण, माछापुच्छ्रे हिमाल अवलोकन गर्न पाउनु गौस्वाराको विशेषता हो ।

आयुर्वेद औषधीय हिसाबले महत्वपूर्ण स्थानीय रैथाने गाई संरक्षण गर्न गौशाला सञ्चालन गर्न लागिएको सदस्य रिजालले बताउनुभयो । गाईको गहुँत र गोवर आयुर्वेद औषधी तयार पार्न कच्चा पदार्थको रुपमा प्रयोग हुन्छ ।

गौस्वारा नजिकैको जंगलमा धेरै प्रकारका जडिवुटीहरु पाइन्छन् । जडिवुटीहरुको अनुसन्धान गरि प्रयोगमा ल्याउने अनुसन्धान केन्द्रको उद्देश्य हो । महायज्ञमा सुदर्शन बडालले कथा बाचन गर्नुभएको छ ।

कमलनयनाचार्यको अगुवाईमा बागलुङको पञ्चकोट धार्मिक पर्यटकीय स्थलको रुपमा विकास भएको छ । पञ्चकोटसँगै गौस्वारालाई पनि धार्मिक पर्यटकीय गन्तब्य बनाउने कमलनयनाचार्यको योजना छ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आइतबार महायज्ञ स्थलमा पुगेर सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...