म्याग्दीको दानामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

म्याग्दीको दानामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
बेनी, म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–३ दानामा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बेनी–जोमसोम–कोरला सडक अन्तर्गत दानादेखि बेनीतर्फ आउदै गरेको ग १६ प ६१६४ नम्बरको मोटरसाइकल बेनी देखि जोमसोमतर्फ जादै गरेको ग २ ख २१३९ नम्बरको बसमा ठोक्कीदा दुर्घटना भएको हो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

दुुर्घटनामा परि मोटरसाइकल चालक बिरगञ्जका अन्दाजी २० वर्षीय अफताप सलमानको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दानाका प्रमुख श्याम बहादुर रानाले बताउनुभयो । अफताप दानामा मोटरसाइकल मर्मत केन्द्र सञ्चालन गर्दै आएका थिए ।

Shreekrishna

बसका चालकले तिब्र गतिमा मोटरसाइकल आफूूतर्फ आइरहेको देखेपछि आफ्नै साइडमा गाडी रोकेका थिए । मोटरसाइकल एक्कासी गाडीमा आएर ठोक्कीदा दुर्घटना भएको प्रत्यक्षदर्शी स्थानीय व्यवसायी इन्द्रसिंह शेरचनले बताउनुभयो ।

दुर्घटनाको बारेमा अनुसन्धानका लागि बेनीबाट जिल्ला प्रहरी कार्यालयको प्रहरी निरीक्षक सागर पौडेलको नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...