आविष्कार केन्द्रलाई धवलागिरी गाउँपालिकाको सहयोग

Gandaki Kotihome

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेको छ ।

गाउँसभाको निर्णय अनुुसार आविष्कार केन्द्रलाई अनुदान उपलब्ध गराउने बिनियोजन भएको रु. दुई लाख बजेट केन्द्रको खातामा जम्मा गरिएको प्रमुख प्रशासकीय अधिकृत मोति प्रसाद अर्यालले बताउनुभयो ।

Annapurna aarohan ko notice

सवै स्थानीय तहले सहयोग गरेमा केन्द्र सञ्चालनमा सहयोग र प्रोत्साहन मिल्ने उहाँको भनाई छ । डा. महाविर पुनको अगुुवाईमा स्थापना र सञ्चालन भएको राष्ट्रिय आविष्कार केन्द्रले नेपाली वैज्ञानिकहरु मार्फत अध्ययन, अनुुसन्धान तथा आविष्कार सम्बन्धी काम हुुदै आएको छ ।

Upper Myagdi transmition line notice

रोमन म्यागासेसे पुरस्कार विजेता पुनले आफूले पाएको पुुरस्कार रकम परिचालन र चन्दा सहयोग संकलन गरेर केन्द्र सञ्चालन गर्नुभएको छ । केन्द्र सञ्चालनका लागि पुनले आफुले लेखेको आत्मवृतान्त पुस्तक बिक्री गर्न देश विदेशमा पुुग्नुभएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...